कहाँबाट जोडियो ईश्वर पोखरेलको अर्ब भन्दा बढीको सम्पत्ति ? - Nepal Watch Nepal Watch

कभर न्यूज

माघ ८, २०७७ बिहीबार


कहाँबाट जोडियो ईश्वर पोखरेलको अर्ब भन्दा बढीको सम्पत्ति ?


काठमाडौं । हाल उपप्रधानमन्त्री रहेका ईश्वर पोखरेल तत्कालीन नेकपा मालेमा रहँदा ०४४ सालताका भूमिगत थिए । भूमिगत छँदै पोखरेलले केन्द्रीय समितिको एउटा बैठकमा काठमाडौंको कोटेश्वरमा आफ्नो घडेरी रहेको बताए ।

त्यतिबेला नेताको सम्पत्तिको अभिलेख राख्ने परम्परा थियो ।

भूमिगत नेताको काठमाडौंजस्तो महंगो ठाउँमा जग्गा भएको थाहा पाएपछि पार्टीभित्रै उनको व्यापक आलोचना भयो । उनीमाथि प्रश्न वर्षिए – यत्रो पैसा कहाँबाट ल्याएर घडेरी किनियो ?

दाजुभाई छुटिभिन्न हुँदा अंशबापत परिवारका सदस्यले उक्त घडेरी आफूलाई किनिदिएको भन्दै उनले बचाउ प्रयास गरे । तर, बहुसंख्यक केन्द्रीय सदस्य पोखरेलको तर्कमा विश्वस्त हुन सकेनन ।
पोखरेलमाथि आक्रमण भइरह्यो ।

कुनै समय कोटेश्वरमा घडेरी छ भनेबापत ग्लानी बोध गरेका पोखरेलको यसबेला काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ (साविक धापासी गा.वि.स. वडा नं. ४) मा २३ आना जग्गामा बनेको तीन तले घर छ । धापासीमा उनको घर जहाँ छ, त्यहाँ अहिले जग्गाको मूल्य प्रति आना मूल्य करिब ५० लाख रुपैयाँ छ ।

पोखरेलले आफ्नो एक संस्मरणमा ‘काठमाडौंमा घडेरी किनेबापत ग्लानी बोध भएको’ उल्लेख गरेका छन् ।

घडेरी हुँदा ग्लानी गर्ने नेताको धादिङ, भक्तपुरदेखि काठमाडौंको टोखामा करोडौंका घर–जग्गा

कोटेश्वरमा घडेरी छ भनेबापत ग्लानी बोध गरेका तिनै पोखरेलको यसबेला काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ (साविक धापासी गा.वि.स. वडा नं. ४) मा २३ आना जग्गामा बनेको तीन तले घर छ ।

धापासीमा उनको घर जहाँ छ, त्यहाँ अहिले जग्गाको मूल्य प्रति आना करिब ५० लाख रुपैयाँ छ । धापासीको घर जग्गा उनकी श्रीमती मिरा ध्वंजु पोखरेलका नाममा छ ।

पोखरेल आफैंले भरेको सम्पत्ति विवरण फारममा पैत्रिक सम्पत्तिबापत पाएको झापाको चन्द्रगढीको १२ कठ्ठा जग्गा आफ्नो नाममा रहेको उल्लेख गरेका छन् ।

त्यस्तै, भक्तपुरको नगरकोटमा १ रोपनी ११ आना जग्गा श्रीमती ध्वंजुलाई माइतीले दिएको र धादिङको खानीखोलामा श्रीमतीकै नाममा ४ रोपनी जग्गा रहेको पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

धादिङ खानीखोलाको जग्गा पारिश्रमिक, जमिन बिक्री र ऋणबाट खरिद गरेको दावी पोखरेलको छ ।

काठमाडौं–४ धुम्बाराहीको घर–जग्गा बिक्री र बैंकबाट ऋण लिएर धापासीको घर–जग्गा जोडेको पोखरेलले सम्पति विवरणमा उल्लेख गरेका छन् ।

धुम्बाराहीस्थित शंकपार्कछेउमा करिब ४ आना पुग–नपुग जग्गामा पोखरेलको घर थियो । त्यही घरमा उनले वर्षौ बिताए ।

१९ माघ ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिए । यसलगत्तै पोखरेललाई पक्राउ गरेर राजबिराज जेलको हिरासतमा राखियो । त्यतिखेर धुम्बाराहीस्थित पोखरेलको त्यही घरको पानी ट्याङकीमा पैसाको बिटा भेटिएको प्रचार उनकै पार्टीले गरेको थियो ।

पोखरेल कुनै बेला निजी सम्पत्ति र लगानीविरुद्ध धुवाँधार आगो ओकल्थे । तर, अहिले उनले बैंक, कलेजदेखि जलविद्युतसम्म सम्पत्ति विस्तार गरेका छन् ।

तत्कालीन एमाले निकटकै दृष्टि साप्ताहिकले पोखरेलको घरमा पानी ट्याङकीमा पैसा भेटिएको समाचार प्राथमिकताका साथ प्रकाशित गरेको थियो । त्यसबेला दृष्टि साप्ताहिक केपी ओलीका पक्षमा लेख्थ्यो ।

बैंक, कलेजदेखि जलविद्युतसम्म लगानी

पोखरेल कुनै बेला निजी सम्पत्ति र लगानीविरुद्ध धुवाँधार आगो ओकल्थे । तर, अहिले उनले बैंक, कलेजदेखि जलविद्युतसम्म सम्पत्ति विस्तार गरेका छन् ।

बरुण हाइड्रोमा उनको १० हजार कित्ता सेयर छ । त्यस्तै, कृषि विकास बैंकमा २ सय कित्ता र मोर्डन कन्या मल्टिपल कलेजमा ५ हजार कित्ता सेयर छ ।

केही वर्ष यता तत्काल मुनाफाका सबैभन्दा ठूलो केन्द्र जलविद्युत, कलेज, अस्पताल र बैंक बनेका छन् ।

स्वास्थ्य बाहेक पोखरेलको लगानी तिनै क्षेत्रमा छ । श्रीमति पेशाबाट निवृत हुँदा र कोटेश्वरको जग्गा बिक्रीबाट प्राप्त रकम जलविद्युत, बैंक र कलेजको सेयरमा लगानी गरेको पोखरेलले उल्लेख गरेको सम्पति विवरणमा देखिन्छ ।

पोखरेलले राजनीति बाहेक देखिने गरी अन्य आयका कार्य गरेका छैनन् । राजनीतिमा पनि उनी प्रायः सत्ता बाहिरै छन् । उनकी श्रीमती प्राथमिक विद्यालयकी शिक्षिका हुन् । उनको परिवार पनि ओखलढुंगा (साविक माम्खा गाविस रुपनालु) को पहाडमा गर्जो टार्न धौ–धौ परेपछि अन्नपात धेरै उब्जनी हुने ठाउँको खोजीमा उनको परिवार झापा झरेको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, नेपाल राष्ट्रिय बाणिज्य बैंक, एभरेष्ट बैंक, सानिमा बैंकमा पनि पोखरेल दम्पतिको ठूलै मात्रामा नगद मौज्जाद छ ।

आफू राजनीतिमा हिँड्ने, श्रीमति शिक्षक : कहाँबाट जोडियो अर्ब बढीको सम्पत्ति ?

पोखरेलकी श्रीमती ध्वंजु प्राथमिक विद्यालयकी शिक्षिका हुन् । उनी तत्कालीन नेकपा मालेको भूमिगत कार्यकर्ता पनि थिइन ।

तत्कालीन मालेका एक नेताका अनुसार २०४०–४१ सालतिर पार्टीले नै उनीहरूबीच विवाह गराइदिएको थियो ।

पोखरेल भूमिगत भए पनि ध्वंजु शिक्षिकाकै रुपमा रहिरहिन् । पोखरेल दम्पत्तिका दुई छोरा छन् ।
प्राथमिक विद्यालयको शिक्षिकाले घरखर्च चलाउन, सन्तान पठाउन धौ–धौ नै पर्छ । किनभने आजका दिनमा पनि प्राथमिक शिक्षकको सुरु स्केल तलव २६ हजार ६ सय १० रुपैयाँ छ ।

त्यसबेला प्राथमिक शिक्षकको तलव मासिक ६ सय रुपैयाँ भन्दा बढी थिएन ।

काठमाडौं, भक्तपुर र धादिङको घर–जग्गा जोड्न पुग्ने आम्दानी पोखरेलले कहाँबाट गरे ? यो सम्पत्ति उनको र श्रीमतिको वैध आयबाट सम्भव हुने कुरै छैन ।

पोखरेलले राजनीति बाहेक देखिने गरी अन्य आयका कार्य गरेका छैनन् । राजनीतिमा पनि उनी प्रायः सत्ता बाहिरै छन् ।

उनको पहिलो राजनीतिक नियुक्ति १४ मंसिर ०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री बनेपछि राजनीतिक सल्लाहकारको हो । उनी पुग/नपुग ९ महिना अधिकारीको सल्लाहकार रहे ।

यसपछि एकै पटक उनी असार ०६१ मा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा सहभागी भए । त्यो पनि जम्माजम्मी सात महिना जति मात्र ।

त्यसपछि जेठ ०६८ मा १२ दिन उपप्रधानमन्त्री भए । पोखरेल लामो समय मन्त्री भएको फागुन ०७४ पछि यसबेलासम्म मात्र हो ।

निरन्तर राजनीतिमा संलग्न पोखरेको यति धेरै घर–घडेरी, सेयर, नगद मौज्दात देखिनुले प्रष्ट हुन्छ, राजनीति श्रम नगरी आय गर्ने दलालीको उन्नत नश्ल बनिरहेको छ ।

तर, फागुन ०७४ मा मन्त्री हुनु अघि नै उनले धापासीको विलासी घर जग्गा जोडिसकेका थिए ।

उनको राजनीतिक सहकर्मीको बुझाइमा ०४६ को अन्त्यबाट खुला राजनीतिमा सहभागी भएपछि पोखरेलले कोटेश्वरको घडेरी बिक्री गरेर धुम्बाराहीमा खरिद गरेका हुन् ।

तर, पोखरेल स्वयंले कोटेश्वरको घडेरी र धुम्बाराहीको घर घडेरी फरक–फरक हुन् भन्ने प्रमाणित गरेका छन् । भूमिगत कालमा उनले कोटेश्वरमा मात्र होइन, धुम्बाराहीमा पनि छुट्टै घर घडेरी जोडेका रहेछन् भन्ने पुष्टी हुन्छ ।

न पारिवारीक विरासत

३० को दशकदेखि नै संगत गरेका नेकपाका एक नेताका अनुसार पोखरेल जग्गा जमिन धेरै भएका ‘हाइफाई’वाला परिवारका होइनन् । ओखलढुंगा (साविक माम्खा गाविस रुपनालु) को पहाडमा गर्जो टार्न धौ–धौ परेपछि अन्नपात धेरै उब्जनी हुने ठाउँको खोजीमा उनको परिवार झापा झरेको थियो ।

यसर्थ उनले सुरुमा झापामा देखाएको जग्गा समेत शंकास्पद छ ।

पोखरेल ०३२ सालदेखि नै पार्टीमा पूर्णकालीन भएर हिँडेका व्यक्ति हुन् । पार्टीको पूर्णकालीन नेता जसको कुनै उद्योग–धन्दा, पेसा–व्यवसाय र ठूलो वैध आम्दानी छैन, उनको यति ठूलो अर्बमाथिको सम्पत्तिको जोरजाम कसरी भइरहेको छ ?

काठमाडौं, भक्तपुर र धादिङको घर–जग्गा जोड्न पुग्ने आम्दानी पोखरेलले कहाँबाट गरे ? यो सम्पत्ति उनको र श्रीमतिको वैध आयबाट सम्भव हुने कुरै छैन ।

भूमिगतकालमा उठाएको चन्दाको दुरुपयोग गरेर पोखरेलले ठाउँ–ठाउँमा घर जग्गा जोडेका ति नेताको आरोप छ ।

निरन्तर राजनीतिमा संलग्न पोखरेको यति धेरै घर–घडेरी, सेयर, नगद मौज्दात देखिनुले प्रष्ट हुन्छ, राजनीति श्रम नगरी आय गर्ने दलालीको उन्नत नश्ल बनिरहेको छ ।

सदावहार अवसरवादी, पार्टीको स्रोतसाधनमा हालिमुहाली

तत्कालीन नेकपा (माले), एमालेभित्र जो–जो संस्थापन पक्ष थिए्, उनीहरू निकट रहेर आफ्नो ‘हार्डकोर’ समूह बनाएर व्यक्तिगत स्वार्थ पूरा गर्नेमा पोखरेल एक नम्वर र प्रदीप नेपाल दुई नम्वरमा पर्थे ।

पोखरेल मालेका संस्थापक महासचिव सीपी मैनाली, त्यसपछिका महासचिव झलनाथ खनाल, मदन भण्डारी, माधव नेपाल, पुनः झलनाथ खनाल निकट हुँदै यसबेला प्रधानमन्त्री ओलीसँग छन् ।

‘जहिले पनि संस्थापन निकट रहेर पार्टीभित्रका स्रोत साधनमा ‘तर मार्ने’ काममा पोखरेल एक नम्वर नै हुन्,’ पूर्व एमालेका एक नेता भन्छन्, ‘मलाई लाग्छ, ईश्वरको सम्पति देखाएकोभन्दा अझ् धेरै छ, त्यो उनले लुकाएका छन् ।’

भनिरहनै परेन, मैनाली, खनाल, भण्डारी, नेपाल र पुनः खनालहरू आ–आफ्नो समयमा संस्थापन पक्ष थिए । ‘जहिले पनि संस्थापन निकट रहेर पार्टीभित्रका स्रोत साधनमा ‘तर मार्ने’ काममा पोखरेल एक नम्वर नै हुन्,’ पूर्व एमालेका एक नेता भन्छन्, ‘मलाई लाग्छ, ईश्वरको सम्पति देखाएकोभन्दा अझ् धेरै छ, त्यो उनले लुकाएका छन् ।’

स्रोतका भनाइमा भूमिगतकालमा पार्टीभित्रको आर्थिक कारोबारको जिम्मा मुख्यतः माधव नेपाललाई थियो । नेपालस“ग पोखरेल एकदमै नजिक थिए ।

पार्टीका नाममा उठेको चन्दालगायत रकम उनीहरूले बैंकमा राख्दैनथे । ठूला र सुन व्यापारीहरूलाई चलाउन दिन्थे । पोखरेलका ससुरा सुन व्यापारीसमेत हुन् ।

त्यसैले पोखरेलले भूमिगतकालदेखि नै अपारदर्शी सम्पतिमा लालचा देखाउन थालेका हुन् । लोभको जगमा बनेको उनको आयको माध्यम यसबेला थप उत्कर्षमा छ ।

पोखरेल ०३२ सालदेखि नै पार्टीमा पूर्णकालीन भएर हिँडेका व्यक्ति हुन् । पार्टीको पूर्णकालीन नेता जसको कुनै उद्योग–धन्दा, पेसा–व्यवसाय र ठूलो वैध आम्दानी छैन, उनको यति ठूलो अर्बमाथिको सम्पत्तिको जोरजाम कसरी भइरहेको छ ?

विवादै विवाद – नियुक्तिदेखि ठेक्कापट्टासम्म

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बन्न नपाएपछि उपप्रधानमन्त्री पोखरेलका सम्धी उपेन्द्र कोइरालाले गत पुसमा राजीनामा दिए ।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले मन्त्रिस्तरीय निर्णयबाट बैंकको अध्यक्ष बनाउने गरी ७ भदौ ०७७ मा कोइरालालाई सञ्चालकमा नियुक्त गरेका थिए ।

काठमाडौं क्षेत्र नं. ५ बाट दुई–दुई पटक पराजित हुनुले पनि पोखरेल मतदाताबीच लोकप्रिय छैनन् भन्ने प्रमाणित हुन्छ । पोखरेलको अपारदर्शी राजनीति र सम्पत्तिको भेउ पाएरै मतदाताले हराएका हुन भन्नेमा कुनै शंका छैन् ।

कोइरालालाई १० भदौको बैंक सञ्चालक समितिको बैठकले अध्यक्ष बनाउने तय भएको थियो । तर, ठूलो विरोध भएपछि बैठक बस्न सकेन । यसपछि करिब ४० दिनपछि मात्र उनले सञ्चालकको शपथ लिएका थिए ।

१४ मंसिर २०५१ मा तत्कालीन नेकपा एमालेको अल्पमतमा पोखरेल प्रधानमन्त्री मनमोहन अधिकारीका राजनीतिक सल्लाहकार भए ।

त्यसबेला कोइरालालाई खाद्य संस्थानको महाप्रबन्धक बनाइयो । भलै, यसबेला पोखरेलको छोरा र कोइरालाकी छोरीबीच विवाह भएको थिएन ।

खाद्यको महाप्रबन्धकपछि कोइराला महेन्द्र मोरङ बहुमुखी क्याम्पसको प्रमुख बनाइए । त्यसपछि उनलाई विराटनगरकै स्नातकोत्तर क्याम्पस प्रमुखको जिम्मेवारी दिइयो । ०६१ मा इश्वर पोखरेल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री भएको बेला कोइराला आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भए ।

आयल निगमको कार्यकाल पूरा भएपछि उनलाई उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्ष नियुक्त गरियो । पोखरेलको सम्धी भएपछि कोइरालाले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति चप्काए ।

भिसी भइरहँदा कोइराला निकै ठूलो विवादमा आएका थिए । तर, त्यसलाई सामसुम पारियो ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपाध्यक्षको कार्यकाल सकिएको केही महिना भित्रै कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनाउने गरी आठौं पटक पुरस्कृत गरिएको थियो ।

तर, पोखरेलका सम्धीलाई पछिल्लो चिठ्ठा भने फापेन ।

नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले फौजभित्रको भ्रष्टाचार रोक्न निकै ठूलो प्रयत्न गरिरहेका छन् ।

तर, रक्षा मन्त्रीको कार्यभार सम्हालिरहँदा पोखरेलले सार्वजनिक मञ्चमै प्रधान सेनापति थापालाई ब्यंग्य गरे ।

यसस“गै नेपाली सेना र रक्षा मन्त्री पोखरेलबीच सम्वन्ध चिसियो । स्रोतका अनुसार नेपाली सेनाको हवाई सेना निर्देशनालयका सहायक रथीलाई प्रधान सेनापति थापाले भ्रष्टाचारमा कारवाही गरेपछि पोखरेलले उनलाई चोख्याउन दवाव दिएका थिए ।

तर, उनले भ्रष्टाचार गरेको प्रमाणको थुप्रो देखाउँदै थापाले पोखरेलको दवावलाई स्वीकार गरेनन । त्यस्तै फाष्ट ट्रयाकमा पनि पोखरेलले आफू निकट ठेकेदारहरू घुसाउन चाहेका थिए ।

त्यहाँ पनि उनको ‘मिसन’ सफल भएन । पोखरेलका कान्छा छोरा त फाष्ट ट्रयाकको ठेक्का आफू अनुकूलका पात्रहरूलाई मिलाई दिन भन्दै दिनदिनै सैनिक मुख्यालय भद्रकाली धाउने गरेका थिए ।
‘तपाईंकै बुबाकै बेइज्जती हुन्छ, मापदण्डभित्र नपर्ने कम्पनीलाई दिन सकिदैन’ भनेर सेनाले फिर्ता पठाउने गरेको थियो ।

अर्को एउटा प्रतिनिधि घटनाले पोखरेलको दोस्ती कस्ता पात्रसँग छ भन्ने बुझ्न सहयोग पु¥याउ“छ ।
ओखलढुङ्गा रुम्जाटारका एक जना विवादास्पद पात्र अमिरबाबु गुरुङसँग पोखरेलको निकै ठूलो दोस्ती छ ।

मंसिर ०७४ को प्रदेशसभा निर्वाचनमा पोखरेलले नै गुरुङका हातमा टिकट थमाएका थिए ।

गुरुङ लेनदेन र घर जग्गा कारोबारमा निकै बदनाम पात्र हुन् । पोखरेलको आम्दानीको एउटा स्रोत गुरुङसमेत रहेको स्रोत बताउँछ ।

काठमाडौं क्षेत्र नं. ५ बाट दुई–दुई पटक पराजित हुनुले पनि पोखरेल मतदाताबीच लोकप्रिय छैनन् भन्ने प्रमाणित हुन्छ । पोखरेलको अपारदर्शी राजनीति र सम्पत्तिको भेउ पाएरै मतदाताले हराएका हुन भन्नेमा कुनै शंका छैन् ।

प्रतिक्रिया दिनुहोस्