NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

स्थानीय तालिवानको आक्रमणमा पाकिस्तानका छ सैनिकको मृत्यु

काठमाडौं (एजेन्सी) । पाकिस्तानकोे उत्तरपश्चिममा रहेको सेनाको शिबिरमा बुधबार भएको आक्रमणमा पाकिस्तानको स्थानीय तालिबान समूहको आक्रमणमा परी कम्तीमा छ जना पाकिस्तानी सैनिकको मृत्यु भएको सैनिक स्रोतले जनाएको छ ।

ट्याङ्क शहरमा भएको आक्रमणको दावी तेहरेक–ए–तालिवान पाकिस्तान (टिटीपी) ले गरेको दावी उक्त समूहले गरेको छ । पाकिस्तानी तालिवानको यो समूह गत अगस्टमा अफगानिस्तानको सत्ता कब्जा गर्न सफल अफगानी तालिवान समूहसँग निकट रहेको छ ।

पाकिस्तानी सेनाले आक्रमणको पुष्टि गर्दै भनेको छ, “व्यापकरूपमा पाकिस्तानी तालिवान समूह र सेनाबीच सशस्त्र भीडन्त हुँदा छ जना सिपाहीले समाहदत प्राप्त गरेका छन्भने केही घाइते भएका छन् ।”

सेनाले तालिवान समूहतर्फ पनि ठूलो मात्रामा क्षति भएको तर उनीहरूले मृतक तथा घाइतेलाई आफूसँगै लगेको जनाएको छ ।

टीटीपीले दावी गरे अनुसार उक्त आक्रमणमा ३० भन्दा बढी सैनिक घाइते भएका र ठूलो सङ्ख्यामा सैनिक अधिकारीको मृत्यु भएको छ ।

पाकिस्तानमा आतङ्कवादी घोषित विद्रोही यस समूहले अक्सर आफ्नो उपलब्धिलाई बढाइचढाइ गर्ने गरेको पाइन्छ । त्यस्तै सैन्य जनसम्पर्क विभागले पनि नोक्सानी वा रिपोर्ट गर्न ढिला गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष