NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

पिएनजीलाई पराजित गर्दै नेपाल एक खेल अगावै त्रिदेशीय सिरिजको फाइनलमा

काठमाडौं । त्रिदेशीय टी–२० सिरिजमा पपुवा न्युगिनी (पिएनजी) लाई ३७ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ । लगातार तेस्रो खेलमा पनि जित हात पार्दै नेपाल फाइनलमा पुगेको हो ।

पिएनजी १९.४ अाेभरमा १६६ रनमा समेटियाे ।

ब्याटरको उत्कृष्ट योगदानमा नेपालले पिएनजीलाई २०४ रनको विशाल लक्ष्य दिएको थियो । तर विशाल लक्ष्य पछ्याएको पिएनजी जितसम्म पुग्न सकेन । यो पिएजनीले लगातार तेस्रो हार हो ।

जवाफमा लक्ष्य पछ्याउने क्रममा राम्रो रनरेटमा खेले पनि करण केसीले ५ विकेट लिए । उनले अन्तिम अाेभरमा  ह्रयाट्रिक गरेका हुन् । सोमपाल कामी र अशिनाश बोहोराले दुई दुई विकेट लिएपछि खेल नेपालको नियन्त्रणमा आएको हो ।

नेपाल अब मलेसिया र पिएनजीजी अंक तालिकामा अगाडि हुनेसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

उच्च रन बनाउने क्रममा दीपेन्द्रसिंह ऐरीले ३३ बलमा अर्धशतकीय ६६ रनको पारी खेले । कुशल भुर्तेलले १७, आशिफ शेखले ३८ र रोहित पौडेलले ४१ रन बनाए । डेब्यु गरेका आदिल खानले ११ बलमा ३१ रन प्रहार गरे ।

नेपालले अझै मलेसियासँग खेल्न बाँकी छ ।