NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौं । मोरङ, दक्षिण गेटबाट लागुऔषध नाईटोसन ६० ट्याब्लेट र डाइलेक्स डिसि चार बोतलसहित शुक्रबार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी, धरान उपमहानगरपालिका-९ बस्ने ३० वर्षीय आकाश सुन्दास र ३८ वर्षीय मिलन लिम्बु रहेका छन् ।

भारतबाट नेपाल आउँदै गरेको प्रदेश १-०२-०४८ प ३९७५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त मोटरसाइकलमा लागुऔषध भेटिएको प्रहरीले जनाएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।