NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

तीन दिन नेपालमा रहँदा सलमानले के–के गर्नेछन् ?

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान यही जेठ १२ गते नेपाल आउँदैछन् । ‘दबंग टू नेपाल–रिलोडेड’ १४ जेठका लागि तय भए पनि उनी १२ जेठमै काठमाडौं ओर्लंदै छन् ।

‘दबंग टू नेपाल–रिलोडेड’ कार्यक्रमभन्दा दुई दिनअगावै आउन लागेका सलमानले भ्रमणको दौरानमा विभिन्न भेटघाटसँगै घुमघाम गर्ने कार्यक्रम छ ।

१२ जेठ साँझ काठमाडौं ओर्लंने खानको त्यस दिन खासै कार्यक्रमहरू छैनन् । १३ जेठमा भने उनले माउण्टेन फ्लाइट गर्नेछन् । यसमा उनलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले साथ दिनेछन् ।

आयोजकका अनुसार, खान सोही दिन सगरमाथा क्षेत्रमा ओर्लंने छन् । सो दिनको ब्रेकफास्ट उनले यही क्षेत्रमा गर्नेछन् ।

खानले १४ गते साँझ दशरथ रंगशालामा आफ्नो प्रस्तुति दिनेछन् ।