NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

विरोधपछि रोकियो चन्द्रागिरिको साडी वितरण कार्यक्रम

काठमाडौं । निर्वाचन आउन अब मात्रै १९ दिन बाँकी छ । निर्वाचनको तयारीमा रहेको निर्वाचन आयोगले आचारसंहिता जारी गरिसकेको छ । नजिकिँदो निर्वाचनमा सहभागिता जनाउन दलहरू उम्मेदवार टुंगो लगाउने अन्तिम कसरतमा छन् ।

ठीक यही बेला काठमाडौंको चन्द्रागिरि नगरपालिकाको वडा नं. ८ कार्यालयले साडी वितरण कार्यक्रम राखेको थियो । वडाध्यक्ष सन्तोष खड्काले साडी वितरणमा सहभागी हुन एक सूचना जारी गरेर निम्तो नै दिएका थिए । उनले आवेदन दिएकालाई ०७८ वैशाख १० गते उपस्थित हुन भनेका थिए ।

साडी वितरणको यो कार्यक्रम अन्तिममा आएर स्थगित भएको छ । निर्वाचन प्रभावित पार्ने हेतुले साडी वितरण गर्न लागिएको भनेर चौतर्फी आलोचना भएपछि स्थगित भएको हो । चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले वडा नं. ८ को साडी वितरण कार्यक्रम शनिबार नभएको  नेपालवाचलाई बताए ।

निर्वाचन प्रभावित पार्ने हेतुले साडी वितरण गर्न लागिएको भनेर चौतर्फी आलोचना भएपछि स्थगित भएको हो । चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले वडा नं. ८ को साडी वितरण कार्यक्रम शनिबार नभएको नेपालवाचलाई बताए

‘सबैतिरबाट मोबाइलमा फोन आएपछि मात्रै मैले यसबारे थाहा पाएँ,’ उनले भने, ‘यसको वास्तविकता बुझ्न वडाध्यक्षका दुई नम्बरमा कल गरेँ तर दुवै अफ रहेछन् । पछि सामाजिक सञ्जालमा उहाँको पोस्ट् हेरेपछि स्थगित भएको थाहा पाएँ ।’

उनका अनुसार, चन्द्रागिरि नगरपालिकाको योजनामा कतै पनि साडी बाँड्ने कार्यक्रम राखिएको छैन । वडा नं. ८ का अध्यक्षले कुन स्रोतबाट साडी वितरण गर्न लागेका हुन् भन्नेबारे आफूलाई जानकारी नभएको उनले दाबी गरे ।

खड्काद्वारा हस्ताक्षरित वडाको लेटरहेडमा जारी सूचनामा प्रष्ट भाषामा आवेदन दिएकालाई साडी वितरण कार्यक्रममा आउन भनिएको छ । तर खड्काले सामाजिक सञ्जालमा गलत सूचना फैलाएर भ्रम सिर्जना गर्न खोजिएको दाबी गरेका छन् ।

खड्का गत स्थानीय तह निर्वाचनमा एमालेबाट विजयी भएका थिए । खड्काले बोक्ने मोबाइल फोन स्विच्ड अफ रहेकाले उनको प्रतिक्रिया लिन सकिएन ।