NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पार्टीले दिएको मेयरको टिकट सहकर्मीलाई !

काठमाडौं । स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखलगायत पदमा टिकट हत्याउन अन्तिम रस्साकस्सी चलिरहेको छ । भागबण्डा मिलाउन नसक्दा आइतबार ठूला दलले उम्मेदवार मनोनयन नै दर्ता गराउन सकेनन् ।

आकांक्षी व्यवस्थापन गरेर निर्णय लिन राजनीतिक दलहरूलाई सकस परिरहेका बेला मेयरको टिकट पाएका एक नेताले सहकर्मीलाई हस्तान्तरण गरेका छन् ।

सल्यानको बागचौर नगरपालिकाका लागि एमालेबाट मेयरमा सिफारिस गरिएका घनश्याम शर्माले आफ्ना सहकर्मी तिलक मल्ल (क्षीतिज) लाई उक्त टिकट हस्तान्तरण गरेका हुन् ।

मल्ल यसअघि नै चुनावी प्रचारप्रसारमा लागिसकेकाले आफूले मेयरको टिकट हस्तान्तरण गरेको उनले जनाएका छन् ।