NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

मदन र बिपीलाई माल्यार्पण गर्दै भरतपुर महानगरमा एमालेका उम्मेदवार सुवेदीले उम्मेदवारी दर्ता गराए

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदका लागि नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले मनोनयन दर्ता गराएका छन् ।

सोमबार जिल्ला पार्टी कार्यालय भरतपुरबाट बाजागाजासहित गएका सुवेदीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

सुवेदीले उम्मेदवारी दर्ता गर्नुअघि एमालेका आदर्श नेता मदन भण्डारी र कांग्रेसका संस्थापक बिपी कोइरालाको शालिकलाई माल्यार्पण गरेका थिए ।

सुवेदीले आफू एमालेको मात्र नभएर कांग्रेसलगायत सबै दलको उम्मेदवार भएको बताएका छन् । यसअघि पनि उने आफूले कांग्रेसको मतले जित्ने दाबी गरेका थिए ।

सुवेदीले आगामी ३० मा हुने स्थानीय तह निर्वाचनमा गठबन्धनको उम्मेदवार रेनु दाहालसँग प्रतिस्पर्धा गर्दैछन् । राप्रपासँग चुनावी तालमेल गर्ने सहमति भएको छ ।