NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

मधेसमा सबैभन्दा धेरै उम्मेदवार, गण्डकीमा थोरै

काठमाडौं । आगामी वैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा भाग लिन विभिन्न पदमा देशभर ८२ हजार २१० जनाले उम्मेदवारी दिएका छन् ।

जसमध्ये मधेश प्रदेशमा सबैभन्दा बढीले उमेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । मधेशमा १९ हजार १०९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसपछि प्रदेश नम्बर १ मा बढी उम्मेदवारी परेको छ । जसको संख्या १४ हजार ९३४ छ ।

यसैगरी, लुम्बिनी प्रदेशमा १४ हजार ७६२, बागमती प्रदेशमा १३ हजार २९४, सुदूरपश्चिम प्रदेशमा ६ हजार ९०८, कर्णाली प्रदेशमा ६ हजार ६१८ र गण्डकी प्रदेशमा सबैभन्दा थोरै अर्थात ६ हजार ५९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकाको प्रमुखका लागि २ हजार ३४३ जनाले र उपप्रमुखका लागि १ हजार ४४५ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

हेरौं तथ्याङ्क :