NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

हजारौं विमान थन्क्याइएको एरिजोनाको ‘बोनयार्ड’

एरिजोना । अमेरिकाको दक्षिणपश्चिमी राज्य एरिजोनामा सेवाबाट बाहिरिएका विमानहरु भण्डार गरिन्छ । यसरी विमानलाई भण्डार गरेर राखिने क्षेत्रलाई बोनयार्ड भनिन्छ ।

बोनयार्डका धेरैजसो विमानहरु मर्मतसम्भार गरेर भण्डारमा राखिन्छन्, त्यहाँ राखिएका विमान वा विमानका पाटपुर्जाहरु विक्रीका लागि राखिँदैन् । अर्थात् बोनयार्डलाई विमानको चिहान पनि भनिन्छ ।

एरिजोनाको बोनयार्ड विश्वको सबैभन्दा ठूलो विमान भण्डारण क्षेत्र हो । त्यसलाई ३०९ औं एयरोस्पेस मेन्टिनेन्स एन्ड रिजेनेरेसन ग्रुप (३०९ औं एएमएआरजी) भनिन्छ । यसले सन् १९६४ देखि विमान भण्डार गर्न थालेकाे हाे ।

यसको क्षेत्रफल १०.५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । त्यहाँ ४ हजार विमान र १३ वटा एयरोस्पेस वाहन राखिएको छ । ती सबै अमेरिकी वायु सेना, सेना, तट रक्षक, जल सेना र नेसनल एरोनटिक्स, नासाका विमान हुन् । त्यहाँ धेरै प्रकारका विमानहरु भण्डार गरिएको छ । त्यहाँ भएकामध्ये कुनै नयाँ पनि छन् । अन्य विमान बालुवा र धुलोबाट जोगाउनका लागि ढाकिएको हुन्छ । कतिपय विमानको विभिन्न भागहरु झिकिएको हुन्छ ।

विमान भण्डारणको काम सामान्यतया मरुभूमिमा गरिन्छ । मौसमी अवस्था, यसको सुख्खा तातो र कम आद्र्रताको कारणले गर्दा विमानमा खिया लाग्न र इन्जिन घट्न धेरै समय लाग्छ । यसकारण विमानको क्षय कम हुने र उचित काम गर्ने अवस्थामा राख्न सजिलो हुनाले मरूभूमि विमानकाे भण्डारण गरिन्छ । मरुभूमिकाे क्षारीय माटोले विमानलाई जमिनमा धस्सिनका लागि रोक्छ ।

अहिलेसम्म इतिहासमै अन्य कारणहरुले भन्दा कोरोना भाइरसको महामारीका कारण धेरै विमानहरु बोनयार्डमा थन्किएका छन् ।

सन् २०२० मा कोरोना भाइरस उच्च बिन्दुमा पुगेको बेला क्यालिफोर्नियाको भिक्टरभिलमा विश्वको सबैभन्दा ठूलो हवाइजहाज पार्किङ स्थलमा पार्क गरिएका विमान देखाएको भिडियो सार्वजनिक गरिएको थियो ।