हेटौँडामा आजदेखि यातायातमा जोरबिजोर - Nepal Watch Nepal Watch

कभर न्यूज

बैशाख १२, २०७८ आईतबार


हेटौँडामा आजदेखि यातायातमा जोरबिजोर


बागमती प्रदेशको राजधानी हेटौँडामा आज आइतबारबाट निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएकाे छ। हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू गरिएकाे हाे।

हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै निजी सवारीमा जोर बिजोर प्रणाली लागू गरिएकाे मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।

उनका अनुसार आइतबारदेखि मकवानपुरभरको पर्यटकीय क्षेत्र पार्क तथा वनभोजस्थलसमेत बन्द गर्ने निर्णय गरिएको छ।

यस्तै सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने भएको छ। कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यको मापदण्ड पालना भए नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शर्माको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्