NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पार्टी निर्णय नमान्नेलाई कारवाही, उम्मेदवारको पछि लाग्ने नोटिसमा : शेखर

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनको निर्णय अनुसार उम्मेदवारको पक्षमा नलागे कारवाही गर्ने चेतावनी दिएका छन् । पार्टीले एउटा निर्णय गरिसकेको भन्दै कोइरालाले विराटनगरमा यस्तो निर्णय सबैले मान्नुपर्ने बताएका हुन् ।

मोरङस्थित सुन्दरहरैंचा नगरपालिकाका उम्मेदवारसँगको छलफललमा कोइरालाले पार्टी निर्णय विपरीत अघि बढ्नेलाई कारवाही गर्ने बताएका हुन् ।

‘कांग्रेसले बागी उम्मेदवार, उनीहरूका प्रस्ताव र समर्थकलाई कारवाही गर्ने भनेको छ । सोही अनुसार कारवाही हुन्छ’ कोइरालाले भने, ‘उम्मेदवार प्रस्तावक, समर्थकमात्रै होइन उम्मेदवारको पछि लाग्नेलाई पनि नोटिसमा राख्नुपर्छ ।’