इतिहास रच्दा पनि आँशु नखसेको ‘किलर माउन्टेन’ आरोहण - Nepal Watch Nepal Watch

कभर न्यूज

बैशाख १४, २०७८ मंगलबार


इतिहास रच्दा पनि आँशु नखसेको ‘किलर माउन्टेन’ आरोहण


काठमाडाैं । ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमाल । ‘किलर माउन्टेन’ पनि भनिने यो हिमाल आरोहण सहज मानिदैन । तर यही असहजतालाई चिर्दै गत अप्रिल १६ दिउँसो १ः५३ बजे शर्मिला तामाङसहित ६ महिला चुचुरोमा पुगे । अन्नपूर्णमा नेपाली महिलाको पाइला पुग्नु यो पहिलो अवसर थियो ।

इतिहास बनाएको त्यो क्षणमा पुगेपछि तामाङले अक्सिजन मास्क खोलिन् । वरिपरिका सेताम्मे हिमाल नियालिन् । ती सबै हिमाल साना देखिए, बादल पनि आफूभन्दा तल । यसअघि विश्वकै सर्वोच्च शिखर सगरमाथा तथा मनास्लु हिमाल आरोहण गरिसकेकी उनको चुचुरोमा पुगेपछि हर्षका आँशु खसेका थिए । त्यस पटकभन्दा थप संघर्षयुक्त आरोहणको अनुभव बटुलेपनि अन्नपूर्णको चुचुरोमा भने उनका आँखा रसाएनन् ।

क्याम्प २ मा पुग्दा महिनावारी भयो । यो समय शरीर कमजोर हुने भएकोले आराम गर्नुपर्ने अवस्था हो तर उनी आराम खोज्ने अवस्थामा थिइनन् । यसलाई उनले उसैगरी स्विकारिन् । अन्ततः त्यहाँबाट चुचुरोसम्मकै यात्रा महिनावारीकै बीच छिचोलिन् ।

तामाङकै अनुभवमा नेपालका अन्य हिमालको तुलनामा अन्नपूर्ण बढी ‘टेक्निकल’, हिमपहिरोको उच्च जोखिम, चिप्लो, ‘ब्लो आइस’ लगायतले बढी चुनौतीपूर्ण रह्यो । यही क्रममा उनलाई अर्को समस्या थपियो । क्याम्प २ मा पुग्दा महिनावारी भयो । यो समय शरीर कमजोर हुने भएकोले आराम गर्नुपर्ने अवस्था हो तर उनी आराम खोज्ने अवस्थामा थिइनन् । यसलाई उनले उसैगरी स्विकारिन् । अन्ततः त्यहाँबाट चुचुरोसम्मकै यात्रा महिनावारीकै बीच छिचोलिन् ।

यावत् कठिनाइका वाबजुद चुचुरोमा पुगेको १५ मिनेटसम्म पनि उनका आँखा रसाएनन् । कारण त्यहाँबाट सकुशल फर्किने हो/होइन भन्ने डर । ‘यो पटक सुरक्षित रुपमा फर्किन्छु/फर्किन्न भन्ने द्विविधा थियो । त्यसकारण चिन्तित थिएँ,’ उनले भनिन्, ‘त्यसले गर्दा खुशीको आँशु पनि झरेन ।’
आरोहणमा जानुअघि उनले अन्नपूर्णबारे जति पनि सुनेकी थिइन् । ती सबै यथार्थमा भोगिन् । ‘त्यसै किलर माउन्टेन भनिएको रहेनछ,’ उनी भन्छिन्, ‘सुरक्षाको डरले १८ घन्टासम्म पिसाब पनि फेरिनँ ।’

यसअघि आरोहणमा जाँदा उनी छोरालाई धेरै न्यास्रो लाग्ला भनेर आँखा छलेर जान्थिन् । तर यसपाली ६ वर्षका छोराले नै खादा लगाएर बिदाइ गरे । सायद फर्किने/नफर्किने अन्योलबीच पनि उनले यो पटकको आरोहणमा छोरालाई खुब याद गरिन् ।

हिमपहिरो धेरै आइरहने हिमाल भएकोले सुरक्षाका लागि लगाइएको ‘सेफ्टी गियर’ खोल्ने स्थिति नै नभएको उनले सुनाइन् ।

उनका लागि यो पटकको आरोहण छोराको कारण पनि फरक अनुभव थियो । यसअघि आरोहणमा जाँदा उनी छोरालाई धेरै न्यास्रो लाग्ला भनेर आँखा छलेर जान्थिन् । तर यसपाली ६ वर्षका छोराले नै खादा लगाएर बिदाइ गरे । सायद फर्किने/नफर्किने अन्योलबीच पनि उनले यो पटकको आरोहणमा छोरालाई खुब याद गरिन् । ‘बच्चालाई अब भेट्छु की भेट्दिन भन्ने चिन्ताले खुब रोएँ,’ उनले भनिन्, ‘यसअघि आरोहणमा जाँदा छोरा खासै बोल्दैनथ्यो । ठूलो हुँदै गएपछि एकअर्काबीचको सम्बन्ध झनै गाढा हुँदै जाने रहेछ ।’

उनीसँगै आरोहण गरेका पासाङ ल्हामु (अकिता) र माया शेर्पा पनि आमा थिए । तामाङलाई आफूलाई मात्रै बच्चाको याद आएको जस्तो लाग्थ्यो । तर समूहमा आफूजस्तै अरु पनि भेटिएपछि उनी पासाङ र मायासँग अँगालो हालेर रुन्थिन् ।

गालाभरि हिमालको चिसोका कारण बनेका घाउका खाटा आलै छन् । बोली पनि अझै सामान्य अवस्थामा फर्किएको छैन । अब त अनुहारको छाला फेरिनुलाई सामान्य मानिसकेकी छन् उनले । बेला-बेलामा ‘ड्राई कफ’ मिश्रित आवाजमा हाँस्दै उनले भनिन्, ‘यसरी छाला त अब फेरिरहन्छ । हिमालले दिएको चिनोको रुपमा ।’

हिमालबाट फर्केको धेरै समय नभएकाले काठमाडौंको कोलाहालमा तामाङलाई पुनः बानी परिसकेको छैन । भन्छिन्, ’प्रकृतिसँग खेल्न मन पराउने मान्छेलाई त्यहीँ रमाउन मन लाग्ने रहेछ । भीडभाडमा खासै बस्न सकिन्न ।’ अन्नपूर्णबाट फर्किएको महिना दिन पनि भएको छैन, उनले लोत्से हिमाल चढ्ने योजना बुनिसकिन् । भन्छिन्, ‘सायद यो महिनाभित्र लोत्से जान्छु ।’

आखिर हिमालमा के छ त्यस्तो ? प्रश्न खस्न नपाउँदै तामाङ भन्छिन्, ‘एक किसिमको नशा नै लागिसक्यो अब त । एक सिजन जान पाइन भने पीर पर्न थाल्छ ।’ आखिर यो नशा तामाङमा कहिले र कोबाट लाग्यो त ? उनी पुराना दिनमा फर्किइन् ।

सानै उमेरदेखि प्रकृतिसँग जोडिन र साहसिक कार्य गर्न रुचि भएकी उनलाई बुबाको अनुभव सुन्दा तत्कालै हिमाल, पाखापखेरा कुदिहालौं जस्तो हुन्थ्यो । त्यसकै उपज हुनुपर्छ, उनले १७ वर्षको उमेरदेखि नै पदयात्रामा भरियाको रुपमा काम सुरु गरिन् । यसले नै उनलाई पर्यटक गाइड हुँदै पर्वतारोहीसम्म बनायो ।

गाइड पेशामा लागेका उनका बुबा सिजनमा पर्यटक लिएर नयाँ-नयाँ ठाउँ पुग्थे । पर्यटक आगमन नहुने ‘अफ सिजन’ मा घर बस्दा ५ छोराछोरीलाई भेला पारेर आफ्ना अनुभव सुनाउथे । आफ्नै भोगाइका कथामार्फत छोराछोरीलाई देशका कुना–कन्दरा पुर्‌याउँथे । सानै उमेरदेखि प्रकृतिसँग जोडिन र साहसिक कार्य गर्न रुचि भएकी उनलाई बुबाको अनुभव सुन्दा तत्कालै हिमाल, पाखापखेरा कुदिहालौं जस्तो हुन्थ्यो । त्यसकै उपज हुनुपर्छ, उनले १७ वर्षको उमेरदेखि नै पदयात्रामा भरियाको रुपमा काम सुरु गरिन् । यसले नै उनलाई पर्यटक गाइड हुँदै पर्वतारोहीसम्म बनायो ।

उनले हिमाल चढ्न थालेको पाँच वर्ष भयो । बुबाको साथका कारण विवाहअघिसम्म स्वतन्त्र रुपमा गाइडको काम गर्दै आएकी उनको करियरमा विवाहपछि भने अनेक रोकावट आए । २३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएपछि मात्र आफूले महिलाप्रति पितृसत्ताको असली नजर र व्यवहार थाहा पाएको उनी बताउँछिन् । यसअघि आफ्नो पेशामा निर्धक्क काम गरेकी तामाङलाई अब भने परिवारको अनुमति लिनुपर्ने भयो । पर्यटकलाई बेपरवाह नेपालको कुना कन्दरा चिनाउँदै हिँडेकी उनलाई अब श्रीमान्‌का परिवारले प्रश्न गर्न थाले, ‘यत्तिका दिन खैरेलाई लिएर किन हिँड्नुपर्‌यो ? के पाइन्छ र ?’

तामाङसँग यसको उत्तर थिएन । किनभने यसअघि स्वतन्त्र रुपमा काम गरिरहेकी उनलाई यस्ता प्रश्न सोध्ने हिम्मत कसैले गरेको थिएन । या भनौं परिवारको साथ भइसकेपछि बाँकी समाजले के सोच्ला भन्नेतिर उनले कुनै चासो नै दिइनन् ।

विवाह गरेको एक वर्षपछि छोराको आमा बनिन् । जब छोरो एक वर्षको भयो उनलाई ट्रेकिङ गाइड गर्न छोडेर हिमाल आरोहण गर्ने योजना फुर्‌यो । तर काखे छोरालाई छोडेर हिमाल चढ्न जान सजिलो भने थिएन । उनको लक्ष्य थियो हिमालमै आफ्नो करियर बनाउने । तर विवाहपछि परिवार बाधक हुने देखेपछि उनले सम्बन्धविच्छेद गरिन् र लक्ष्य प्राप्तिको बाटोमा लागिन् । ‘विवाहपछि त यो पेशामा लाग्न ठूलै क्रान्ति गर्नुपर्‌यो । अत्ति भएपछि अब म कसका लागि बाँच्ने भनेर आफैंलाई प्रश्न पनि गरें,’ एकाएक तामाङको अनुहारको भावभंगिमा बदलियो ।

त्यसयता उनी निरन्तर हिमाल आरोहणमा सक्रिय छिन् ।

हिमालले महिला र पुरुष भनेर छुट दिँदैन’
छोरा एक वर्षको भएपछि नेपालभित्रका ६ हजार मिटरसम्मका हिमाल आरोहण गर्न सुरु गरिन् । यो सिलसिलाले ५ वर्षको चक्र पूरा गरिसकेको छ । यसबीचमा उनले सगरमाथा, मनास्लु, युरोपको सर्वोच्च शिखर एलब्रस (५६४२ मिटर) र ६ हजार मिटरसम्मका अन्य थुप्रै हिमाल आरोहण गरिसकेकी छन् ।

सन् २०१९ को मे २२ मा सगरमाथा, अगस्ट १२ मा एल्ब्रस र सेप्टेम्बर २८ मा मनास्लुको आरोहण गरिन् । यसका लागि उनले झन्डै ४ महिना मात्रै खर्चिएकी थिइन् । युरोपबाट फर्किएको ९ दिनमै उनी मनास्लुको लागि निस्किएकी थिइन् । मनास्लुलाई पनि नेपालमा ‘किलर माउन्टेन’ भनेर चिनिन्छ । यति थोरै समयमा ३ हिमाल आरोहण गरेपछि उनलाई लाग्यो, ‘मैले यही क्षेत्रमा केही गर्न सक्छु । मेरो भविष्य यहीँ छ ।’

‘हामीले पनि पुरुषले भन्दा कम हिँडेका हुँदैनौं । उनीहरुले जति हिँड्छन् हामी पनि त्यत्ति नै हिँड्ने हो । फरक यत्ति मात्रै हो, उनीहरुले भारी बोक्न सक्छन् हामी सक्दैनौं । हिमालले तिमी केटी हौ भनेर छुट दिँदैन ।’

यो अनुभवबाट हिमालप्रति नशा लाग्न थालेको उनी बताउँछिन् । हिमाल आरोहणलाई साहसिक कार्य मानिने भएपनि पुरुषको तुलनामा महिलाले शारीरिक कमजोरीकै कारण हिमाल चढ्न सक्दैनन् भन्नेमा उनी सहमत छैनन् । हिमालले महिला र पुरुष भनेर भेदभाव र छुट नदिने उनको भनाइ छ । ‘हामीले पनि पुरुषले भन्दा कम हिँडेका हुँदैनौं । उनीहरुले जति हिँड्छन् हामी पनि त्यत्ति नै हिँड्ने हो,’ उनले भनिन्, ‘फरक यत्ति मात्रै हो, उनीहरुले भारी बोक्न सक्छन् हामी सक्दैनौं । हिमालले तिमी केटी हौ भनेर छुट दिँदैन ।’

दुई वर्षमा १४ हिमाल आरोहण
आरोहणलाई नै लक्ष्य बनाएकी तामाङ यतिबेला १४-पिक प्रोजेक्टमा व्यस्त छिन् । जसमा उनले अबको दुई वर्षमा ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल चढ्नेछिन् । गएको वर्ष नै यसलाई अगाडि बढाउने सोचे पनि कोरोना महामारी र लकडाउनले यसलाई सार्थक हुन दिएन । अहिले भने उनी उही सार्थकताको खोजी गरिरहेकी छिन् ।

अन्नपूर्ण हिमाल आरोहणको योजना पनि गएको वर्षदेखिकै हो । त्यसमा पनि कोरोना महामारी नै बाधक बनेको हो । संक्रमणदर घटेसँगै तामाङसहितको आरोहण टोली गत ३१ मार्चमा अन्नपूर्ण आरोहणका लागि काठमाडौंबाट निस्किएको हो । उक्त टोली अप्रिल १६ मा अन्नपूर्णको चुचुरोमा किर्तिमानी पाइला राखेर फर्किसकेको छ ।

शर्मिला तामाङसँगको भिडियो कुराकानी :

प्रतिक्रिया दिनुहोस्