NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

रारा नगरपालिकामा २९ लाख ७७ हजार भ्रष्टाचार गर्ने इञ्जिनियर सहित ५ जना विरुद्ध अख्तियारको मुद्धा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पैदल बाटोमा पक्की सिढी निर्माण गर्दा भ्रष्टाचार भएको भन्र्दै ५ जना विरुद्ध मुद्धा दायर गरेको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिकाको वडा नं २ मा २०७४÷०७५ मा पैदलबाटोलाई पक्की सिंढी बनाउँदा मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

बास्तविक कार्यभन्दा बढी देखाएर प्रमुख प्रशासकिय अधिकृत, इञ्जिनियर, सब इञ्जिनियर तथा उपभोत्ता समितिको अध्यक्ष मिलेर २९ लाख ७७ हजार हिनामिना गरेको अख्तियारको ठहर छ ।

अख्तियारले उक्त भ्रष्टाचार जन्य काममा संलग्न भएको आरोपमा सब इञ्जिनियर हस्तबहादुर मल्ल, इञ्जिनियर महेश सिंह कठायत, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, उपभोत्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्नादेवी हमालविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गरेको हो ।