वागमती प्रदेशमा मन्त्रिमण्डल विस्तार, तीन मन्त्रीसहित एक राज्यमन्त्री थपिए - Nepal Watch Nepal Watch

राजनीति

बैशाख १५, २०७८ बुधबार


वागमती प्रदेशमा मन्त्रिमण्डल विस्तार, तीन मन्त्रीसहित एक राज्यमन्त्री थपिए


काठमाडौं । वागमती प्रदेश सरकारले मन्त्रिमण्डल विस्तार गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो मन्त्रिमण्डलमा नयाँ मन्त्री थपेका हुन् ।

बुधबार मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सुरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरेका छन् ।

थपिएका मन्त्रीको सपथ बुधबार दिउँसो चार बजेका लागि तोकिएको छ । तत्कालीन नेकपाका सांसदहरूले गत पुस १० गते अविश्वास प्रस्ताव दर्ता गरेसँगै तीन मन्त्रीले राजीनामा दिएका थिए ।

तत्कालीन पूर्वमाओवादी र पूर्वएमालेका माधव नेपाल पक्षधर एक ठाउँमा हुँदा मुख्यमन्त्री पौडेल संसदीय दलमा अल्पमतमा परेका थिए ।

फागुन २३ गते सर्वोच्च अदालतले एमाले–माओवादीलाई अलग गराएपछि पौडेल बहुमतमा छन् । वागमती प्रदेशमा नेकपा एमालेको एकल बहुमत छ ।

प्रतिक्रिया दिनुहोस्