फोटोमा यस्तो देखियो निषेधाज्ञाको पहिलो दिन काठमाडौं (फोटोफिचर) - Nepal Watch Nepal Watch

कभर न्यूज

बैशाख १६, २०७८ बिहीबार


फोटोमा यस्तो देखियो निषेधाज्ञाको पहिलो दिन काठमाडौं (फोटोफिचर)


काठमाडौँ । कोभिड संक्रमण दर तिब्र बनेसँगै राजधानीमा आजबाट १५ दिनका लागि निषेधाज्ञा जारी भएको छ ।

सामाजिक दूरी कायम राखेर कोभिड संक्रमण न्यूनिकरण गर्ने उदेश्यसहित सरकारले निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञाको पहिलो दिन सडकमा मानिसहरुको उपस्थिती कम देखिएको छ । सुरक्षाकर्मीहरु भने निषेधाज्ञा सफल पार्न खटिएका छन् ।

प्रत्येक चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । सुरक्षा जाँच बढाएका छन् ।

अत्यावसेक कामका लागि घर बाहिर निस्केकाहरुको पनि पास जाँच गरिएको छ ।

भित्री गल्लि तथा चोकमा भने तरकारी, खाद्यान्न किन्नेहरुको भिड छ । खाद्यान्न, तरकारी खरिदका लागि घर बाहिर निस्केकाहरुले सामाजिक दूरी कायम राख्न खासै चासो देखाएका छैनन् ।

निषेधाज्ञाको पहिलो दिन फोटोमा यस्तो देखियो काठमाडौँ ।

सुरक्षा जाँच गर्दै प्रहरी

प्रतिक्रिया दिनुहोस्