NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

खुल्लामञ्चमा सँगै संविधान पढ्न आउन ओलीलाई थापाको चुनाैती

काठमाडौं । कांग्रेस नेता गगन थापाले खुलामञ्चमा सँगै संविधान पढ्न आउन प्रधानमन्त्री केपी ओलीलाई चुनौती दिएका छन् । कांग्रसले प्रदेशसभामा गरिरहेको विरोधसभा अन्तर्गत चावहिलमा बोल्दै नेता थापाले यस्तो चुनौती दिएका हुन् । प्रधानमन्त्री ओलीले शुक्रबार धनगढीमा संविधानमा प्रतिनिधिसभा विघटनको व्यवथा भएको र पुनस्थापना हुने कुनै अवस्था नभएको दाबी गरेका थिए । ‘ओलीले कसले संविधान पूनः स्थापना हुन्छ भनेर सोधेका छन् । मैले भनेको हो प्रधानमन्त्री ज्यू संसद पुनः स्थापना हुने व्यवस्था छ’ थापाले भने, ‘तपाईं सुवास नेम्वाङ र अग्नी खरेललाई लिएर आउनुस् । म रामवरण यादवलाई लिएर आउछु । खुल्लामञ्चमा जनताको बीचमा बसेर सँगै संविधान पढौं ।’ ओलीले हठात प्रतिनिधिसभा विघटन गरेर संविधान, लोकतन्त्र र जनविरोधी कार्य गरेको आरोप थापाले लगाए ।