शुक्रबार थपिए ५७२७ नयाँ संक्रमित, ३३ जनाको मृत्यु - Nepal Watch Nepal Watch

स्वास्थ्य-जीवनशैली

बैशाख १७, २०७८ शुक्रबार


शुक्रबार थपिए ५७२७ नयाँ संक्रमित, ३३ जनाको मृत्यु


काठमाडौंः पछिल्लो २४ घन्टामा देशभर पाँच हजार ७२७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

​स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ३९१ जनाको पिसिआर र ५ सय २५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७२७ जना संक्रमित भेटिएका हुन् ।

यो संख्या नेपालमा कोरोना संक्रमण सुरु भएयताकै बढी हो ।

योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख २३ हजार १८७ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ३८ हजार ८१३ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ ।

आज देशभर ९२८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८१ हजार ९५ जनाले कोरोनालाई जितेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।

आज देशभर ५५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्