NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

मेगा बैंकका सेयर धनीलाई १३.५ प्रतिशत लाभांश

काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित गरेर ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । वार्षिक साधारण सभाले प्रस्ताव पारित गरेको हो । यता, बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने र गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । आर्थिक वर्ष २०७७ र ७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि पारित भएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १७ गते बुक क्लोज गरेको थियो । पुस १६ गतेसम्म कायम सेयरधनीले लाभांश पाउने भएका छन् ।