NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कोरोना विरुद्ध आपतकालीन प्रयोगका लागि ‘कोभिसिल्डलाई अनुमति

काठमाडौं । नेपालमा कोभिड १९ (कोरोना भाइरस)विरुद्धको खोपको आपतकालिन प्रयोगका लागि कोभिसिल्डलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले कोभिसिल्ड खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको हो । शुक्रबार भएको निर्णयअनुसार आपतकालीन प्रयोगका लागि हुकुम ढिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालीले खोप ल्याउन लागेको हो । विभागले गत बुधबार सुचनामार्फत कोभिड १९ विरुद्धको खोपको आयातका लागि उत्पादक वा आयातकर्तालाई दर्ता अनुमति पत्रको आवेदन मागेको थियो । विभागका अनुसार हालसम्म तीन वटा आयातकर्ताहरुले आवदेन दिएका थिए । तीमध्ये दुई आयातकर्ताहरुको आवश्यक कागजात नपुगेकाले कोभिसिल्डलाई मात्रै अनुमति दिइएको हो । अन्य दुई आयातकर्ताहरुलाई आवश्यक कागजात पुर्याउन भनिएको ओषधी विभागले जनाएको छ ।