NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सर्वोच्चमा बहस गर्ने वकिलको समय तोकियो

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धमा परेको रिटमा घण्टौसम्म एउटै वकिलले बहसमा भाग लिएपछि समय निर्धारण गरिएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले बहसका लागि वकिलहरुलाई आधा घण्टाको समय निर्धारण गरेका हुन् । राणाले समय निर्धारण गरि दिएलगत्तै चन्द्रकान्त वलीले १ घण्टा समय मागेका थिए । विघटनविरुद्ध परेको मुद्दामा आइतबारदेखि संवैधानिक इजलासमा सुनुवाइ हुँदै आएको छ । तर, सुनुवाइमा एउटै वकिलले घण्टौंसम्म बहस गरेपछि समय लम्बिंदै गएको हो । समय लम्बिंदै गएपछि प्रधानन्यायाधीश राणाले तोकेरै समय दिएका हुन् ।