NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

प्रधानमन्त्री ओलीलाई कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार बालुवाटारमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट उपहार स्वरुप कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई थप ४० लाख डोज खोप चाहिएको भन्दै भारत सरकारले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ छलफल गर्न आवश्यक रहेको बताए । नेपालले आवश्यक खोपहरु खरिद गर्न तयार रहेको भन्दै पूर्वसर्तहरु भए मान्न तयार रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले भारत सरकारले बाँकी खोपहरु पनि उपलब्ध गराउने विश्वास व्यक्त गरे । भारतले नेपाललाई कोरोनाविरुद्दको खोप सहयोग गर्नु मित्रताको प्रतिकको रुपमा रहेको उल्लेख गर्दै यसले दुईदेश बीचको एकतालाई देखाएको बताए । यस्तै हस्तान्तरण कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारत सरकारको सहयोग निरन्तर हुने बताए । भारतले छिमेक पहिलो नीतिलाई प्राथमिकता दिएको उनको भनाई थियो ।