NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

आज दिनभरका ‘गुड न्युज’: अख्तियारले थाल्यो वाइडबडीको छानबिन‍‍ …

आज दिनभर सञ्चारमाध्यमबाट विभिन्न खालका समाचारहरू संप्रेषित भए । त्यसमध्ये अधिकांश समाचारले नकारात्मक सन्देश बोकेका थिए । नकारात्मक समाचारको बाहुल्यताकाबीच केही सकारात्मक सन्देशहरू पनि संप्रेषित भएका छन् । सकारात्मक समाचारले पाठकहरूमा उर्जा थप्छ, सन्तुष्टि दिन्छ । नेपालवाचले शुक्रबार दिनभर प्रकाशित यस्तै सकारात्मक समाचारहरूको संक्षिप्त सूची तयार गरेको छ । ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । स्थानीय तहमा ३९६ आधारभूत अस्पताल निर्माण गर्न बजेट व्यवस्थापन स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ । अर्थमन्त्रालयले ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अघि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको हो । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रम अनुसार यही मंसीर १५ गते अस्पतालका भवन निर्माणको शिलान्यास गर्ने निर्णय भएको छ । कोरोना प्रभावित ऋणीको धितो लिलाम नगर्न गभर्नरको निर्देशन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट प्रभावित ऋणीलाई कालोसूचीमा नराख्न र उनीहरूको धितो लिलाम नगर्न निर्देशन दिएका छन् । व्यवसायी तथा ऋणीबाट लिलामीका गुनासो आइरहँदा गभर्नरको यो निर्देशनले अर्थतन्त्र गम्भीर दुर्घटनाबाट जोगिएको व्यवसायीहरूले बताएका छन् ।लकडाउन खुलेपछि एक महिनामै १२२ पर्यटकले हिमाल चढे लकडाउन खुलेपछिको एक महिनामै एक सय २२ पर्यटकले हिमाल आरोहण गरेका छन् । लकडाउनपछि पहिलोपटक गत १ कात्तिकदेखि पर्वतारोहण र पदयात्रा खुला गरिएको थियो । ६ हजार ५ सय मिटरसम्मका हिमालमा लोबुचे र त्योभन्दा माथिका उचाइका हिमालमा अमादब्लम र मनास्लुमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको छ । अख्तियारले थाल्यो वाइडबडीको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदको अनियमितताबारे छानबिन सुरु गरेको छ । यसबारे जानकारी लिन आयोगले परराष्ट्र मन्त्रालयमार्फत् फ्रान्सस्थित नेपाली दूतावासलाई पत्राचार गरेको हो । यसअघि आयोगले सीधै कम्पनीलाई सोधपुछ गर्दै पत्राचार गरेको थियो । तर, कम्पनीले कुटनीतिक च्यानलमार्फत आउन भनेपछि परराष्ट्रमार्फत पहल अघि बढाएको हो ।गुडनाइट …….नेपालवाच

ताजा अपडेट

नेपालवाच विशेष