NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कोरोना संक्रमणबाट एकैदिन २८ जनाको मृत्यु, १९४८ नयाँ संक्रमित थपिए

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार नौ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर नौ हजार दुई सय १० जनाले पिसिआर परिक्षण गराएकोमा एक हजार नौ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सक्रिय संक्रमितको संख्या १६ हजार छ सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप तीन हजार एक सय ४० कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख २६ हजार २६ पुगेको छ । कोरोना संक्रमणकै कारण देशभर थप २८ जनाले ज्यान गुमाएका छन् । यो संगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक हजार तीन सय ८९ पुगेको छ । ६३ जना भ्यान्टिलेटरमा उपचारारत छन् । आईसीयुमा उपचारत हुनेको संख्या तीन सय ४५ छ । पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा थप आठ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा पुरुषको संख्या चार सय ८५ तथा महिलाको संख्या तीन सय ५० रहेको मन्त्रालयले जनाएको छ ।