पोखरेलको सपथ रोक्न विपक्षीद्वारा प्रदेश प्रमुखकहाँ हार–गुहार - Nepal Watch Nepal Watch

लुम्बिनी प्रदेश

बैशाख १९, २०७८ आईतबार


पोखरेलको सपथ रोक्न विपक्षीद्वारा प्रदेश प्रमुखकहाँ हार–गुहार


काठमाडौं । राजीनामापछि पुनः नियुक्त गरिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरलको शपथ नगराउन प्रदेश सभाका ४० सांसदले प्रदेश प्रमुखलाई माग गरेका छन् ।

पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरिरहँदा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र जनमोर्चा नेपालका सांसदले प्रदेश प्रमुखलाई भेटेर शपथ नगराउन माग गरेका हुन् ।

सांसदहरुले आफ्नो पक्षका ४० जनाको हस्ताक्षर बुझाउँदै अहिलेको एकल बहुमतको सरकार गठनको सम्भावना नरहेको बताएका छन् ।

प्रदेशसभामा ८१ सदस्य रहेको एमाले पक्षमा ४१ सदस्य रहेका थिए । तर, उपनिर्वाचनबाट चुनाव जितेकी विमला वलीले नेकपा माओवादी केन्द्रमा जाने प्रष्ट पारेपछि एमाले पक्षमा ४० सांसद भएका छन् ।

जसमा एमालेकै एक जना उपसभामुख पनि रहेका छन् । शपथ रोक्न माग गरेका संसदहरुले सभामुख र उपसभामुखले दल त्याग गरेका कारण उनीहरुले कसैको पक्ष लिन नमिल्ने र दलिय सदस्य समेत नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्