NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

फेरिंदै ललितपुर : खुल्ला, सुन्दर र व्यवस्थित बन्दै

https://www.youtube.com/watch?v=pLFZePpWKBo&fbclid=IwAR0qKxy3LUUjj59ju6oR0FqpxRsJTUcEkaUVWZKSqkqQpM2YWxIRvM4vcAE ऐतिहासिक पोखरी पुनर्निर्माण गरी एकदमैं व्यवस्थित बनाइएको छ । पहिले अग्ला र ठूला पर्खालले घेरिएका सार्वजनिक हरियाली खुल्ला क्षेत्र बाहिरबाटै देख्न सकिने बनाइएको छ । पाटन इन्जिनियरिङ क्याम्पस, डिनको कार्यालय, जावलाखेल र लगनखेलका फुटबल मैदानको हरियाली अब सडकबाटै देखिन्छ । भित्रदेखिन बार हाल्दा हरियाली र खुल्ला ठाउँ धेरै देखिने भएकोले महानगरले यसलाई प्राथमिकतामा राखेको हो । अग्ला पर्खाल हटाएरु भित्रै सजिलै देखिने फलामको बार ठडिएका छन् । जसले गर्दा खुल्ला, हरियाली र भित्रका बगैंचाहरु सजिलै देख्न पाइन्छ । यतिमात्रै होइन पार्टीका अव्यवस्थित गल्लीमा ढुंगा र इट्टा छापेर व्यवस्थित सडकपेटी बनाइएको छ । नगरमा सुरक्षा दिन नगर प्रहरी कार्यसम्पादनलाई अझै व्यवस्थित बनाइएको छ । यत्तिमात्रै होइन कुपण्डोल, पुल्चोक जावलाखेल खण्डको सडक पनि सोलार बत्तिले उज्यालिएको छ । भूकम्पमा भत्किएका मठ मन्दिरको पुननिर्माण पनि सकिने चरणतिर पुगेको छ ।