वागमती किनारमै जलाउन थालियो संक्रमितको शव (भिडियो) - Nepal Watch Nepal Watch

मल्टिमिडिया

बैशाख २०, २०७८ सोमबार


वागमती किनारमै जलाउन थालियो संक्रमितको शव (भिडियो)


काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिएपछि कोरोनाबाट मृत्यु हुनेको शव वागमती किनारमै जलाइएको छ ।

सोमबार शवगृहमा मेसिन बिग्रिएपछि संक्रमितको लास वागमती किनारमा जलाइएको थियो ।

एउटा मेसिन बिग्रिएको र कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेकाले वागमती किनारमै शव व्यवस्थापन गरिएको हो ।

शव चलाउने स्थान बनाउन सोमबार बिहानैदेखि डोजर प्रयोग गरिएको थियो । डोजरले स्थान बनाएपछि संक्रमितहरुको शव जलाउन थालिएको हो ।

नियमित संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि उकालो लाग्दा विद्युतिय शवगृहमा जलाउन सम्भव नभएका कारण लाश बागमती किनारमा चितामा जलाउन थालिएको छ ।

हेर्नुहाेस भिडियाेः

प्रतिक्रिया दिनुहोस्