NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

विवेकशील साझा पार्टीको घोषणा

काठमाडौं । अन्य पार्टी जस्तै टुटफुटको श्रृखला खेपेका नयाँ पार्टी विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएको छ । बुधबार दुई दलबीच एकीकरण घोषणा भएको हो । एकीकृत पार्टीका नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ । चुनाव चिह्यन तराजु राखिएकाे छ । २०७४ साउन ११ मा उज्ववल थापा नेतृत्वको विवेकशील नेपाली दल र रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भई विवेशकील साझा पार्टी बनेको थियो । तर, उनीहरु २७ पुस २०७५ फुटे । नेता मिलन पाण्डेले विवेकशील नेपाली दल र साझा पार्टी बिच एकीकरण घोषणापत्रमा हस्ताक्षर भएको जानकारी दिए । ‘हामी दुवै दलका नेतृत्वले हिजोका गल्तीहरूका निम्ति माफी माग्दै, आम नागरिकहरूको जीवनमा परिवर्तन ल्याउने पार्टी बनाउने प्रतिबद्धता गर्‍यौँ।’ नयाँ पार्टीमा अध्यक्ष रविन्द्र मिश्र र संयोजक मिलन पाण्डे भएका छन् । २६ सचिवालय सदस्य रहने नयाँ दलमा दुवै दलबाट ६५६५ जना गरी १३० केन्द्रीय सदस्य हुनेछन् । पार्टी एकीकरणपछि उनीहरुले ६ महिनाभित्र एकता महाधिवेशन गर्ने जनाएका छन् । फुटको झण्डै दुई वर्षपछि नयाँ शक्तिका रुपमा हेरिएका यी दुई दल जुटेका हु्न् । तर, उज्ववल थापा, मुमाराम खनालसहितका नेता यो एकीकरणमा सहभागी भएनन् ।