NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कोरोनाबाट पूर्व सांसद कमानसिंह लामाको निधन

काठमाडौं । पूर्व सांसद एवं पूर्वराजदूत कमानसिंह लामाको कोरोना संक्रमणका कारण निधन भएको छ । उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान दुई बजे उनको निधन भएको हो । उनी केही समयदेखि कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित थिए । लामा माओवादीका तर्फबाट २०६४ सालको संविधानसभा निर्वाचनमा काभ्रेबाट सांसद भएका थिए । दक्षिण कोरियाको लागि राजदुत भएका लामा २०४८ सालमा पनि जनमाेर्चाबाट सांसद बनेका थिए । उनी सन् २०१२ देखि १६ सम्म काेरियाकाे लागि राजदूत भएका थिए । यस अघि पनि लामाकाे किड्नीमा समस्या थियाे । गतवर्ष फागुनमा पनि घरमा बेहाेस भएपछि नर्भिक अस्पतालमा उनकाे उपचार भएकाे थियाे ।

ताजा अपडेट

नेपालवाच विशेष