NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

२१ दिन अघि कमानसिंहले गरेका थिए आफ्नै मृत्युको पूर्वानुमान !

काठमाडौं । नेकपाका नेता पूर्व सांसद एवं राजदूत कमानसिंह लामाको बुधबार राती उपचारको क्रममा निधन भयो । किड्नीमा समेत समस्या रहेका लामा अघिल्लो वर्ष फागुनमा पनि बिरामी परेका थिए । घरमा अचेत भएका उनलाई नर्भिक अस्पतालमा लगी उपचार गरिएको थियो । तर, यसपटक कोरोनाबाट संक्रमित भएपछि लामाको निधन भयो । बुधबार दिउसोसम्म उनको स्वास्थ्य अवस्था राम्रै रहेको बताइएको थियो । तर, मध्यरातमा उनको निधन हुन पुग्यो । लामाले १० मंसिरमा टेकु अस्पतालमा टेस्ट गर्दा कोभिड–१९ पोजेटिभ देखिएको सामाजिक संजालमार्फत सार्वजनिक गरेका थिए । अस्पताल बसाईका क्रममा पनि उनले फोटो सेयर गर्दै कोरोना संक्रमणमा ज्वरोले निक्कै गाल्दो रहेछ भनेर लेखेका थिए । तर, लामाले कोरोना हुनुभन्दा एक हप्ता अघि ४ मंसिरमा छोरा, बुहारी र नातीको फोटो सेयर गर्दै परिवारसँगको यही फोटो आफ्नो जीवनको अन्तिम हुन सक्ने लेखेका थिए । ‘छोरा बुहारी नातीसँग के जानी पहिलो र अन्तिम फोटो सम्झनाको लागि !!!’ लामाले लेखेका थिए । फेसबुकमा लेखेको ६ दिनमा लामा कोरोनाबाट संक्रमित भए । त्यसपछि उनी उपचारका लागि शिक्षण अस्पतालमा भर्ना भए । तर, कोरोना देखिएको १५ औं दिनमा गत बुधबार राती उनको मृत्यु हुन पुग्यो । परिवारको फोटो सेयर गर्दै पहिलो र अन्तिम फोटो भनेर लेखेको विषयमा उनका शुभेच्छुकले यस्तो नभन्न भन्दै उनको स्वास्थ्यलाभको कामना गरेका थिए । केहीले पार्टीसँगको इखलाई व्यक्त गरेको टिप्पणी गरेका छन् । धेरैले उनलाई नआत्तिन भन्दै आफूहरुले लामो समय बिरामी परेर तंग्रिएको भन्दै उनलाई ढाडस दिएको देखिन्छ । उनलाई ‘हिम्मत हार्नु हुँदैन’, ‘अझै बिसौं र तीसौं वसन्त’ फोटो खिच्नुपर्छ भनेर शुभकामना दिएका छन् । शुभेच्छुकले किन अन्तिम फोटो भनेर गरेका केही टिप्पणीप्रति लामाले रिप्लाई पनि गरेका छन् ।पुण्यवती चौलागाईंलाई रिप्लाई गर्दै लामाले लेखेका छन् ‘दिदी अन्नपानीको शरिर दिदीज्यू !!! मलाई त्यस्तै लाग्यो !!! यो छोरासँगको फोटो ४० वर्षपछि खिचिएको हो र अब ४० नै वर्ष लाग्ने हो भने मेरो उमेर ११० वर्ष पुगेपछि मात्रै जुर्छ दिदी त्यो त के जानी भन्नु पर्यो नी त दिदीज्यू !!! उनै लामाले अन्न पानीको शरिर हो के थाहा भनेर गरेको पूर्वानूमान मिलाउँदै गत वुधबारबाट यो धर्ती छोडे । लामा पारिवारिक रुपमा तनावमा थिए भन्ने उनकै माथिको रिप्लाईले पनि पुष्टि गर्छ । लामाको मृत्युको पूर्वानूमान मिलेपछि उनका शुभेच्छुकले ‘पहिले नै आभास भएको रहेछ हार्दिक श्रद्धाञ्जली’ लेखेका छन् । रोगसँगको जुधाई, एक हाइड्रो कम्पनीमा गरेको लगानीमा साढे दुई करोड रुपैयाँको लफडा, पारिवारिक समस्याले लामाले पछिल्ला केही महिना तनावमा गुजारेका थिए । लामाको किड्नीमा समस्या रहेको र ट्रान्सप्लान्ट गर्ने तयारी स्वरुप फसेको दुई करोड ५० लाख रुपैयाँ उठाउन निक्कै ताकेता गरेको उनकी बुहारीले बताएका छिन् । पैसा उठाउदिन भन्दै घरीघरी प्रधानमन्त्री, प्रचण्ड, नारायणकाजीसहितका नेताहरुलाई भेटे पनि नउठेको परिवारको दाबी छ । ‘पैसा उठाउन बा घरीघरी कसले सहयोग गर्दिन्छ भनेर जानुहुन्थ्यो तर, कसैबाट पनि सहयोग भएन बरु बाको ज्यान नै गयो’ उनकी बुहारीले भनिन् । दुई श्रीमती रहेका लामाका जेठी पत्नीबाट चार छोरी र एक छोरा छन् । उनकी कान्छी पत्नीबाट कुनै सन्तान छैनन् । दोस्रो बिहे गरेपछि उनको जेठी श्रीमतिसँग नबसी उनी कान्छीसँग बस्थे । जेठीसँग राम्रो सम्बन्ध नरहेको उनले हालेको छोरासँगको ४० वर्षपछिको फोटोले पनि पुष्टि गर्छ । उनी कान्छी श्रीमतीसँगै बस्थे । तर, करोडौं सम्पत्तिको लेनदेन र भोगचलनका स्वार्थले उनको कान्छी श्रीमतीसँग पनि राम्रो सम्बन्ध भएन । उनको मृत्यु भएपछि आएको भिडियोले पनि उनी पछिल्ला केही समय कान्छी श्रीमतीबाट निक्कै तनावमा रहेको देखिन्छ । मृत्यु हुन सात दिन अघि पनि उनले सामाजिक संजालमा मार्मिक स्टाटस लेख्दै कान्छी श्रीमतीको उताचढावबारे लामो व्याख्या गरेका छन् । याे पनि पढ्नुस् नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले लामाकाे दुइ करोड ५० लाख घोटाला गरेको भिडियो सर्वजनिक (भिडियाे सहित) पैसा उठाइदिन कमानसिंहले प्रधानमन्त्रीदेखि प्रचण्डसम्मलाई गुहारे तर, नारायणकाजीले पैसा दिएनन् माओवादीका पूर्व सांसद कमानसिंह लामाले मृत्युको ८ दिन अघि लेखेका थिए यस्तो मार्मिक स्टाटस कमानसिंह लामा परिवारको दाबी : पैसा फिर्ता नपाउँदा उपचार नपाएर बुबाको निधन [अडियो कुराकानी]