NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

आफूसँग काठमाडौंमा चुनाव लड्न राष्ट्रपतिलाई गगन थापाको चुनौती

काठमाडौं । कांग्रेस युवा नेता गगन थापाले राष्ट्रपति विद्या भण्डारीलाई आफूसँग चुनाव लड्न चुनौती दिएका छन् । संवैधानिक राष्ट्रपतिले राजनीतिक सक्रियता बढाएको भन्दै थापाले काठमाडौंमा आएर चुनाव लड्न चुनौती दिएका हुन् । ‘राष्ट्रपतिज्यू यदि तपाईँमा श्री ५ बडामहारानी बन्ने नै चाहना हो भने राष्ट्रपति महोदय, आँखा नचम्काइबक्स्योस्, हात नलम्क्याइबक्स्योस्’, कैलालीकाे धनगढीमा आयोजित कांग्रेसको विरोधसभालाई सम्बोधन गर्दै थापाले भने, ‘तपाईंमा हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबक्स्योस् ।’ थापाले बालुवाटारले नै भ्रष्टाचारीहरुलाई संरक्षण गरेको आरोप लगाए । बालुवाटार जग्गा प्रकरण, बलात्कारका आरोपितलाई बचाउने सबै काम बालुवाटारबाटै भएको थापाको आरोप छ । नेपाल सरकार संलग्न भएको भ्रष्टाचारमा प्रधानमन्त्री केपी ओलीको संरक्षण रहेको दाबी थापाले गरे ।