NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

उखु किसानको रकम भुक्तानी नदिने सञ्चालकहरुलाई पक्राउ गर्ने गृहको निर्णय

काठमाडौं । सरकारले उखु किसानको रकम भुक्तानी नदिने मिल सञ्चालकहरुलाई पक्राउ गर्ने निर्णय गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको वैठकले उखु किसानको रकम भुक्तानी नदिने मिल सञ्चालकहरुलाई पक्राउ गर्ने निर्णय गरेको हो । वैठकमा कृषिमन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठीको उपस्थिति रहेको थियो । वैठकमा सम्बन्धित मन्त्रालयका सचिवको उपस्थिति रहेको थियो भने नेपाल प्रहरीका एकजना एआईजीको समेत सहभागिता रहेको थियो । उखुको पैसा नपाएपछि उखु किसानहरुले आइतबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका छन् ।