NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

ओली अध्यादेश र प्रचण्ड संसदको विशेष अधिवेशन मागको निवेदन फिर्ता लिन सहमत

काठमाडाै‌ं । प्रधानमन्त्री केपी ओली संवैधानिक परिषद्को बैठक कार्यविधि सम्बन्धमा जारी गरेको अध्यादेश फिर्ता लिन तयार भएका छन् । बालुवाटारमा अध्यक्ष प्रचण्डसँगको छलफलपछि ओली विवादित बन्न पुगेको अध्यादेश फिर्ता लिन तयार भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । संसदको विशेष अधिवेशन माग गर्दै हस्ताक्षरसहित राष्ट्रपतिलाई बुझाइएको निवेदन पनि फिर्ता लिने समझदारी भएको हो । समझदारी जुटेपछि ओली स्थायी समिति बैठकमा सहभागी भएका छन् । अध्यादेश फिर्ता गरेपछि ओलीले प्रचण्डको राजनीतिक प्रस्ताव पनि फिर्ताको माग गरेका थिए । प्रचण्डको १९ पृष्ठको प्रस्तावपछि ओलीले पनि ३८ पृष्ठको काउन्टर प्रस्ताव सचिवालयमा पेश गरेका थिए । यी दुवै प्रस्ताव स्थायी समितिमा पुगेका छन् । प्रस्तावका विषयमा स्थायी समितिमा छलफलका क्रममा छ ।