NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक भोलि

काठमाडौं । अध्यादेशपछि विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । शुक्रबार संघीय संसद भवन बानेश्वरस्थित ल्होत्से हलमा बस्ने गरी कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको हो । पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले बुधबार अध्यादेश फिर्ता लिन र तत्काल संसद बैठक बोलाउन माग गरेका थियो ।