माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो - Nepal Watch Nepal Watch

राजनीति

बैशाख २१, २०७८ मंगलबार


माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो


काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

स्थायी समिति सदस्य देवप्रसाद गुरुङले औपचारिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विस्वासको मत लिने निर्णय गरेलगत्तै माओवादी केन्द्रले समर्थन फिर्ता लिने औपचारिक घोषणा गरेको हो ।

सरकार विरुद्ध सडक आन्दोलन समेत गरेको माओवादी केन्द्रले समर्थन फिर्ता नलिइ प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्दै आएको थियो ।

संसदमा बहुमत जुटाउन नसकेपछि प्रधानमन्त्री विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गर्न नसकेको माओवादी केन्द्रले अब भने समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्