NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नौ महिनापछि पढियो जामे मस्जिदमा नमाज (भिडियो रिपोर्ट)

https://youtu.be/TgxeRUrIK2M काठमाडौँ– काठमाडौँको जामे मस्जिदमा ९ महिनापछि नमाज पढिएको छ । कोभिड १९ का कारण बन्द रहेको जामे मस्जिद शुक्रबारदेखि खुला गरिएको हो ।मस्जिद खुलेसँगै मुस्लिम समुदायले नियमित रुपमा पढ्ने र शुक्रबार पढिने जुमा नमाज पढ्न पाएका छन् । स्वास्थ्य मापदण्ड पालना गरी छिर्न पाउने गरी मस्जिद खुलेसँगै शुक्रबार २ हजार ५ सय मुस्लिम धर्मावलम्बीले नमाज पढेका छन् । मस्जिदमा नमाज पढ्न पाउँदा उनीहरू खुसी देखिन्छन् । नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले मस्जिद खोल्ने अनुमति सरकारले दिएकोमा खुशी व्यक्त गरे। स्वास्थ्य मापदण्ड अपनाएर आफूहरूले नमाज पढिएको उनको भनाइ छ।