NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्नेछन् । आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गरेका थिए । यसै सन्दर्भमा प्रधानमन्त्रीले आज दिउँसो ३ बजे देशवासीको नाममा सम्बोधन गर्न लागेको थापाले बताए ।