NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जलाएर नेविसंघले गर्‌याे विरोध [फोटोफिचर]

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसको भ्रातृ संस्था नेविसंघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जलाएका छन् । संविधानको व्यवस्था विपरीत राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको भन्दै उनीहरुले विरोधमा काठमाडौंको शंकरदेव क्याम्पस अासपास भण्डारी र ओलीको फोटो जलाएका हुन् । विरोध प्रदर्शनमा बोल्दै नेविसंघ नेता रत्नहरि ढुंगेलले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै आपत्ति जनाए । कांग्रेसले राणादेखि राजालाई फालेको भन्दै केपी ओलीको अधिनायकवादी शैलीलाई परास्त गरेरै छाड्ने चेतावनी उनले दिएका छन् । विराेध कार्यक्रमकाे स‌ंयाेजन शंकरदेवका नेविसंघ नेता दिपक ओझाले गरेका थिए ।