NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

ओली पक्षद्वारा २०७८ मंसिर २ देखि ७ सम्म महाधिवेशको घोषणा

काठमाडौं । बालुवाटारमा आज बसेको प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकले नेकपाको महाधिवेशको घोषणा गरेको छ । बैठकमा केन्द्रीय कमिटीका सदस्य समक्ष प्रधानमन्त्री ओलीले २०७८ मंसिर २ देखि ७ सम्म महाधिवेश गर्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गरेसँगै नेकपाको महाधिवेश घोषणा भएको छ । त्यस्तै, ओली पक्षले ९ गते फेरि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठक सकिएपछि ओली पक्षले बनाएको पार्टीका नयाँ प्रवक्ता प्रदिप ज्ञवालीले बिहीबार दिउँसो १ बजे फेरि नेकपाको केन्द्रीय कमिटीको बैठक बस्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकले आज महाधिवेशन आयोजक समिति गठन गरेको थियो । उनले साविकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा बैठकमा भएको थियो ।