NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रतितोला नौ सयले घट्यो सुन

काठमाडौं । सुनको मूल्यमा आज गिरावट भएको छ । प्रतितोला सुनमा आज ९ सय रुपैयाँ गिरावट भएको हो । मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो । आज भने सो मूल्य घटेर प्रतितोला ९४ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, मंगलबार ९४ हजार ४ सयमा कारोवार भएको तेजाबी सुनको मूल्य आज प्रतितोला ९३ हजार ५ सय रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला एक हजार ३ सय १५ मा कारोवार भएको चाँदीको मूल्य भने आज एक हजार २ सय ६५ रुपैयाँ पुगेको छ ।