NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

दाहाल र नेपाल पुगे एमालेको पुरानो केन्द्रीय कार्यालय

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पूर्व एमालेको पुरानो केन्द्रीय कार्यालय बल्खुको मदननगर गएका छन् । उनीहरु आफ्नो समूहको केन्द्रीय कमिटीको बैठक लगत्तै आज पार्टी कार्यालयको निरीक्षणमा निस्किएका हुन् । उनीहरुको साथमा वरिष्ठ नेता झलनाथ खनाल र अमृत बोहोरा लगायत पनि रहेका छन्। यता नेकपाको केन्द्रीय कार्यालयको रुपमा प्रयोग गरिँदै आएको धुम्बाराहीस्थित भाडाको घर भने नेकपाको ओली समूहले ताला लगाएको छ । उनीहरुले जननेता मदन भण्डारीको सालिकमा माल्यार्पण समेत गरेका छन्।