NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सर्वोच्चभित्र रिटको सुनुवाइ, बाहिर ‘केपी ओली मुर्दावाद’को नारा

काठमाडौं । प्रतिनिधिसभा विघटनको कदम चालेको प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नेविसंघले सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेको छ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन विरुद्धको रिटको सुनुवाइ भइरहँदा बाहिर नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री ओली विरुद्ध नारावाजी गरेका थिए । उनीहरुले ‘केपी ओली मुर्दावाद’जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए । तर, सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा कडा भएकाले प्रदर्शन सुरु गरेको केही बेरै नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।