NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

राष्ट्रिय सहकारी बैंकको नायव महाप्रबन्धकमा किशोर प्रशाद बिमली नियुक्त

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको नायक महाप्रबन्धकमा चार्टर्ड अकाउन्टेड किशोर प्रशाद बिमली नियुक्त भएका छन् । बिमलीलाई आगामी माघबाट कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको हो । सोमबार बैंकको केन्द्रिय कार्यलय स्थित भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि गुरागाईले नवनियुक्त नायक महाप्रबन्धकमा बिमलीलाई स्वागत गरेका थिए । नायक महाप्रबन्धक बिमलीले यस अघि बिभिन्न बैंक तथा वित्तिय संस्थामा लेखापरीक्षण, वित्तीय विश्लेषण, जोखिम व्यवस्थापन सहित इक्रा नेपाल लिमिटेडमा रेटिङ डिभिजन प्रमुख भइ कार्यभार सम्हालिसकेका छन् ।