NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

काठमाडौंमा आन्दोलनरत उखु किसानको हृदयघातका कारण निधन

काठमाडौं । चिनी मिलले उखु को बक्यौता नतिरेपछि माइतिघरमा आन्दोलनरत सर्लाहीका किसान नारायण राय यादवको हृदयघातका कारण निधन भएको छ । काठमाडौंको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका क्रममा यादवको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि यादवलाई मंगलबार विहान चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पलात लगिएको थियो । अवस्था गम्भीर भएपछि त्यहाँबाट उनलाई डाक्टरले गंगालालमा रिफर गरेका थिए । यादवलाई भगत अन्नपूर्ण सुगर मिलले २४ लाख ६३ हजार रूपैयाँ तिर्न बाँकी छ । चारदिन अघिमात्र उनले अन्नपूर्ण सुगर मिलबाट एक लाख ६० हजार मात्रै पाएका थिए । सोही रकम उठाउन सरकार गुहार्दै आन्दोलनमा होमिएका थिए यादव । चिनी उद्योगले पैसा नदिएपछि उनले सहकारीबाट लिएको १८ लाख रूपैयाँ ऋणको ब्याजसहित २२ लाख रुपैयाँ तिर्न बाँकी छ । सोमबारमात्रै उखु किसानलाई चिनी उद्योगीले बक्यौता रकम २१ दिनभित्र दिनेगरि सरकारसँग चार बुँदे सहमति भएसँगै किसानहरुले आन्दोलन स्थगित गरेका थिए । गत मंसिर २८ देखि उखु किसानले उखु बेचेको बक्यौता रकम माग गर्दै आन्दोलन गरेका थिए ।