NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

प्रदेश २ का मुख्यमन्त्रीद्वारा पुस १५ को शुभकामना

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले पुस १५ गते पर्ने किरात समुदायको उधौली पर्व, गुरुङ समुदायको तमु ल्होसार, नेवार समुदायको योमरीपुन्ही र हिन्दू धर्मालम्बीको धान्य पूर्णिमाका अवसरमा शुभकामना दिएका छन् । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा विज्ञप्ती जारी गर्दै पुस १५ मा परेका विभिन्न पर्वको शुभकामना दिइएको हो । विज्ञप्तिमा भनिएको छ, ‘नेपालका विविधतायुक्त मौलिक पर्वले देशवासीमा आपसी सद्भाव, हार्दिकता र सहिष्णुतासहितको समतामूलक समाज निर्माणमा उत्प्रेरणा प्रदान गर्ने विश्वास छ ।’