NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

हिमालय एयरलाइन्सको चार्टर्ड उडानमा स्वदेश फर्कियो चिनियाँ टोली

काठमाडौं । गत आइतबार नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री कुओ एचौ नेतृत्वको टोली स्वदेश फर्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेकपामा विभाजन देखिएपछि चिनियाँ टोली नेपाल आएको थियो । आइतबार नेपाल आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपालसँगै अन्य शिर्ष नेताहरुलाई भेटेको थियो । बुधबार चिनियाँ टोली हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्किएको छ ।