NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

जाडो मौसममा ग्रीन टी पिउनुको फाइदा

काठमाडौं । चिसो मौसममा तातो चिया कसलाई पो मन पर्दैन् र? वा भनौं तातो कफि । तर, चिया र कफिको सेवन गर्दा दुवैमा हुने क्याफिनको अध्याधिक मात्राले शरिरलाई कतै न कतै हानी गरिरहेको हुन्छ । चिया र कफिको विकल्प हुनसक्छ ग्रीन टी । ग्रीन टीको सेवनले शरिरलाई चिया र कफिको तलतल मेट्ने मात्रै नभएर फाइदा पनि गरिरहेको हुन्छ । ‘ब्लड सुगर’ नियन्त्रणको लागि ग्रीन टीमा क्याटेचिन, एक प्रकारको एन्टीअक्सीडेन्ट हुन्छ । यो तत्वले मानिसको शरिरमा भएको ब्लड सुगर लेवललाई कम गर्न मद्दत गर्छ । ग्रीन टी पिउँदा पाचन प्रणालीका ‘एन्जाइम’हरुबाट रक्त सञ्चारमा कम मात्रामा सुगर निस्कासन हुन्छ । जसले शरिरमा सुगर लेवललाई कम गर्न थप मद्दत गर्छ । मधुमेहका रोगीहरुले पनि ग्रीन टी पिउँन सक्छन् । तर, मधुमेह रोगीहरुलाई व्यक्तिअनुसार ग्रीन टीको असर देखिने हुँदा आफ्नो चिकित्सकसँग भने सल्लाह गर्नुपर्ने हुन्छ । मूड बिग्रन दिदैंन् फाइटोमेडिसिनमा प्रकाशित अध्ययनका अनुसार ग्रीन टीको सेवनले व्यक्तिलाई कम चिन्ता महसुस गराउँछ । उक्त अध्ययनका अनुसार ग्रीन टीमा एल–थीनिन नामको तत्व हुन्छ, जसले मानिसको मूडलाई राम्रो बनाउँन मद्दत गर्छ । सँगै यसले एकै पटकमा संयुक्त कार्यहरु (पढ्दै लेख्ने, चलचित्र हेर्दै काम गर्ने) गर्न पनि सहयोग पुर्याउँने उक्त अध्ययनमा देखिएको छ । मस्तिष्कको लागि फाइदाजनक ग्रीन टीमा भएको क्याटेचिन नामको तत्व एक प्रकारको पोलीफेनोल र एन्टीअक्सीडेन्ट हो, जुन मस्तिष्कको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । यसले शरिरमा मृत कोशिषाबाट साना साना क्षतीबाट सुरक्षा दिन्छ । फाइटोमेडिसिनमा प्रकाशित अध्ययनका अनुसार ग्रीन टीको सेवन गर्दा यसले मस्तिष्कको स्मरण शक्ती र ध्यान केन्द्रित गर्ने क्षमतालाई पनि सुर्धाछ । मुटुको लागि फाइदाजनक क्याटेचिनसँगै ग्रीन टीमा फ्लेवनोल्स नामको एन्टीअक्सीडेन्ट तत्व हुन्छ, जसले एलडीएल वा अन्य खराब कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्छ । एलडीएल र कोलेस्ट्रोललाई काम गर्दा स्वतः मुटुको स्वास्थ्यलाई फाइदा पुग्छ । ०० कफि र नियमित पिउने च्यामा जति नभएपनि ग्रीन टीमा क्याफिन हुन्छ । त्यसैले यसको अध्याधिक प्रयोग पनि ठिक हुँदैन् । ग्रीन टीको सेवन निश्चित मात्रामा गर्न सकियो भने मात्रै यसले शरिरलाई उपयुक्त फाइदा पुर्याउन सक्छ ।