NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

निजी क्षेत्रलाई कोरोना खोप ल्याउन दिने प्रधानमन्त्रीको संकेत

काठमाडौं । नेपालमा कोभिड–१९ को भ्याक्सिन ल्याउन निजी क्षेत्रलाई पनि अनुमित दिने बारेमा छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । काठमाडौंमा आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा सोधिएको प्रश्नको जवाफ दिदैं प्रधानमन्त्री ओलीले नेपालमा कोरोनाको खोप ल्याउन निजी क्षेत्रलाई पनि अनुमित दिने बारेमा छलफल भएको बताएका हुन । उनले नेपालमा छिटोभन्दा छिटो खोप ल्याउन निजी क्षेत्रलाई अनुमति दिने र सरकारले पनि पहल गर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘हामीले छिटोभन्दा छिटो खोप ल्याउन छलफल गरिरहेका छौं । खोप छिटो ल्याउन निजी क्षेत्रलाई अनुमति दिने र सरकारले पनि भ्याक्सिन ल्याउने बारेमा छलफल भइरहेको छ ।’ प्रधानमन्त्री ओलीले नेपालमा ल्याइने भ्याक्सिन छिमेकी देशमा बनेको हुने समेत बताएका छन् । उनले भने, ‘नेपालमा ल्याइने खोप छिमेकी देशको हुनेछ । हाम्रो खानपान, हावापानीसँग मिल्ने भएकाले छिमेकी देशमा निर्माण भएको खोप ल्याउन हाम्रो पहल भइरहेको छ ।’

ताजा अपडेट

नेपालवाच विशेष