NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

५३ कर्मचारीसँग १ अर्ब ९ करोड ६१ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति (सूचीसहित)

काठमाडौँ । गत बर्ष देशमा ५३ जना सार्वजनिक पद धारण गरेकाहरुले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले यस्तो तथ्यांक देखाएको हो । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर भएकाहरु ५३ जना विरुद्ध अख्तियारले बिशेष अदालतमा मुद्धा दायर गरिसकेको छ । उनीहरुले कुल एक अर्ब ९ करोड ६१ लाख ९४ हजार त्यस्तो गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेका हुन् । त्यसमध्ये गतबर्ष सबै भन्दा धेरै गैरकानूनी सम्पत्ति आर्जन गर्नेमा अधिकृत ऋषिराम अर्याल रहेका छन् । उनी टोखा नगरपालिकाको कार्यकारी अधिकृत हुँदा अख्तियारले छानविन गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो । गत बर्ष अख्तियारबाट सबैभन्दा भ्रष्ट ठहर भएका अधिकृत अर्यालको पुरा विवरण समाचारको अन्तिम खण्डमा पढ्न सकिन्छ । उनले अनुसन्धान अवधिसम्म १७ करोड ८३ लाख ४१ हजार रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरिसकेका थिए । अख्तियारले सार्वजनिक पद धारण गर्दा स्रोत नखुलेको अकुत सम्पत्ति आर्जनको आरोपमा उनीहरुमाथि छानविन गरेको थियो । छानविनको क्रममा ती सार्वजनिक पद धारण गरेकाहरुले गलत तरिकाले पैसा कमाएको देखिन आएको हो । अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० (१) बमोजिम उनीहरुले कसुर गरेको प्रमाणित हुन आएको भन्दै बिशेष अदालतमा मुद्धा लगेको हो । उनीहरु विरुद्ध  अख्तियारले ऐनको दफा २०९२० बमोजिम सजाय हुन र दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख बमोजिम गैरकानूनी सम्पत्तिसमेत जफत हुन मागदाबी गरेको छ । गैरकानूनी सम्पत्ति आर्जन गर्ने ५३ जनामध्ये बाँकी उल्लेखित कर्मचारीका श्रीमती, सालासाली, जेठान लगायतका आफन्त हुन् । उनीहरुको सम्पत्ति छानविन हुँदा आफन्तको नाममा सम्पत्ति लुकाएको भेटिएको थियो । उनीहरु सहित गैरकानूनी सम्पत्ति आर्जन गर्नेको संख्या ५३ पुगेको हो । यि हुन् गत बर्ष भेटिएका गैरकानूनी सम्पत्ति आर्जन गर्नेहरु चिरञ्जीवी थापा – जेलर, कारागार कार्यालय भिमफेदी, मकवानपुर । अकुत सम्पत्ति – १ करोड १३ लाख ६० हजार रुपैयाँ । मदन प्रसाद गुप्ता – ना.सु.¸मालपोत कार्यालय¸ सिमरा–बारा । अकुत सम्पत्ति – १४ करोड ८१ लाख ८९  हजार रुपैयाँ । कृष्णबहादुर बस्नेत – प्रमुख भन्सार अधिकृत¸ तातोपानी भन्सार कार्यालय¸ सिन्धुपाल्चोक । अकुत सम्पत्ति – एक करोड ५ लाख ६९ हजार रुपैयाँ । नवीन कुमार गौली – (उपसचिव कृष्णबहादुर बस्नेतको जेठान) । अकुत सम्पत्ति – ९ करोड २१ लाख ५२ हजार रुपैयाँ । राजेन्द्र ढुङ्गाना – उपसचिव, अर्थ मन्त्रालय ।  अकुत सम्पत्ति – चार करोड ६८ लाख ४८ हजार रुपैयाँ । राजेन्द्र बस्नेत – कार्यालय सहयोगी¸मालपोत कार्यालय¸चावहिल। अकुत सम्पत्ति – ८ करोड ९८ लाख ५८ हजार रुपैँया । जितेन्द्रकुमार चौधरी – डिभिजन प्रमुख सि.डि.इ. डिभिजन सडक कार्यालय¸ विराटनगर¸मोरङ अकुत सम्पत्ति – ३ करोड ९९ लाख ४४ हजार रुपैयाँ । राजकुमार ढकाल – एक्स्रे टेक्निसियन¸त्रिभुवन विमानस्थल भन्सार कार्यालय¸काठमाडौं अकुत सम्पत्ति – २ करोड २ हजार रुपैयाँ । ऋषिराम अर्याल – कार्यकारी अधिकृत¸ टोखा नगरपालिका अकुत सम्पत्ति – १७ करोड ८३ लाख ४१ हजार रुपैयाँ । बद्रीराज ढकाल – मालपोत अधिकृत¸ मालपोत कार्यालय¸ ललितपुर अकुत सम्पत्ति – १० करोड २७ लाख ५८ हजार रुपैयाँ । राजेन्द्र काफ्ले – सर्भेक्षक¸नापी कार्यालय¸भक्तपुर अकुत सम्पत्ति – ५ करोड ४३ लाख २७ हजार । युगल किशोर ठाकुर – लेखापाल¸ मालपोत कार्यालय¸सिमरा अकुत सम्पत्ति – ३ करोड ४ लाख ९४ हजार रुपैयाँ । राजकुमार शाक्य –आयोजना प्रमुख¸ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना¸खोटाङ अकुत सम्पत्ति – १० करोड ७७ लाख ५० हजार । टहलबहादुर कार्की – फोरमेन,नेपाल विद्युत्‌ प्राधिकरण अकुत सम्पत्ति – १ करोड ९ लाख ८७ हजार ६ सय ५८ रुपैयाँ । भरतराज आचार्य – इन्जिनियर¸सडक विभाग अन्तर्गत अकुत सम्पत्ति – ३ करोड २१ लख  ६२ हजार रुपैयाँ । चन्द्र नारायण यादव – सुपरिटेन्डेन्ट इन्जिनियर¸सडक विभाग अकुत सम्पत्ति – एक करोड ८५ लाख ११ हजार । पूर्ण प्र उपाध्याय – सि डि इ, क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय¸ नेपालगंज अकुत सम्पत्ती – ३ करोड १० लाख २७ हजार रुपैयाँ । जितेन्द्रराज शाक्य – सि डि इ, मध्यपहाडी पश्चिम सडक आयोजना दाङ अकुत सम्पत्ति – दुई करोड २५ लाख रुपैयाँ । मनप्रसाद रेग्मी – उपसचिव, बाँसगढी नगरपालिका बर्दिया । अकुत सम्पत्ति – चार करोड ५४ लाख ३३ हजार रुपैयाँ । अधिकृत ऋषिराम अर्यालको पुर्ण विवरण टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्यालले विभिन्न तवरले अकुत सम्पत्ति कमाएको र ठाउँ ठाउँमा घर जग्गा जोडी आफ्नो कार्यकालका कर्मचारीलाई समेत दवावमा पारी नगरपालिकालाई भ्रष्टाचारको अखडा बनाई गैरकानूनी सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरिरहेको भन्ने आयोगमा उजुरी पर्यो । अनुसन्धानमा उनी २०३९।०४।०१ मा जिल्ला विकास समितिको कार्यालय स्याङ्जाबाट गा.वि.स सचिव पदमा स्थायी नियुक्ति प्राप्त गरी निजामती सेवामा प्रवेश गरेको ना.सु. हुँदै टोखा नगरपालिकामा शाखा अधिकृतको पदबाट अनिवार्य अवकाश भइ सेवानिवृत्त भएका थिए । उनलेले अधिकांश जग्गाहरु आफू कार्यरत गा.वि. स. तथा नगरपालिका अन्तर्गतका स्थानहरुमा कार्यरत अवधिमा जोडेको अनुसन्धानमा भेटिएको थियो ।  ऋषिराम अर्याल तथा निजकी श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्यालले घर तथा जग्गा खरिदमा ५,४४,८५,८५४ रुपैयाँ, घर निर्माणमा ४१,१०,४२५ रुपैयाँ, पुँजीगत लाभ तथा आयकर ४,९६,१२६ रुपैयाँ, विभिन्न बैंक तथा वित्तीय संस्था एवं कम्पनीहरुका साधारण तथा संस्थापक शेयर खरिदमा ९,१३,७८,१२१रुपैयाँ,  विभिन्न बचत तथा सहकारी संस्थाहरुमा भए गरेको लगानी २,५०,००० रुपैयाँ खर्च तथा लगानी देखिएको थियो । यस्तै छोरी छोराहरुको अध्ययनमा २०,३२,३६६ रुपैयाँ, छोराछोरीहरुको विवाहमा २८,००,००० रुपैयाँ, जीवन बीमा वापतको प्रिमियम शुल्कमा ४,१०,१५९ रुपैयाँ, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएका कर्जा चुक्तामा १,७६,४६,२६३ रुपैयाँ, न्यू लिङ्क कापी उद्योग र एल.डि.इन्टरप्राइजेज फर्मसमेतमा ४,४२,५०,००० रुपैयाँ खर्च गरेको देखाएका थिए । उनले सवारी साधन खरिदमा १२,००,००० रुपैयाँ, सुन खरिदमा ४,००,००० रुपैयाँ, दान र सरसापटी व्यवहारमा ४,५०,३३,००० रुपैयाँ र  बैंक खाताहरुमा अन्तिम मौज्दात रकम १५,७६,७४८ रुपैयाँ देखाएका थिए । यसरी उनले आफ्नो जागीर अवधिमा २६,६०,६९,०६२ (छब्बीस करोड साठी लाख उनान्सत्तरी हजार बैसठ्ठी रुपैयाँ) खर्च तथा लगानी गरेको देखिन्छ । सोही जाँचअवधिमा ऋषिराम अर्यालले निज र छोरा सुशिल अर्यालसमेतको तलब पारिश्रमिक बचत आयबाट ५८,७५,५८७ रुपैयाँ, अवकाश पश्चात प्राप्त सुविधा वापत १९,३०,७२४ रुपैयाँ, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तथा सापटी आय ३,९०,६३,५८१ रुपैयाँ, शुरु खरिद तथा प्रारम्भिक लगानीको स्रोत खुलेको जग्गा बिक्रीबाट प्राप्त वैध आय ६८,५३,४९१ रुपैयाँ, निवृत्तिभरण आय ६,७९,३५३ रुपैयाँ, विप्रेषण आय १७,९१,५०८ रुपैयाँ, ऋषिराम अर्यालले श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्यालको एकल स्वामित्वमा लगानी गरी संचालित एल.डि.इन्टरप्राइजेज फर्मबाट २५,६२,८३९ रुपैयाँ, बीमाबाट १,०७,५९६ रुपैयाँ, विभिन्न बैंक तथा वित्तीय संस्था एवं कम्पनीहरुका खरिद साधारण तथा संस्थापक शेयरहरु बिक्री र नगद लाभांशसमेतबाट प्राप्त वैध आय ४१,४५,५३४ रुपैयाँ र सरसापटी व्यवहारबाट फिर्ता २,४७,१७,००० रुपैयाँ समेत गरी जाँचअवधिमा निज ऋषिराम अर्यालले जम्मा ८,७७,२७,४८३ रुपैयाँ (आठ करोड सतहत्तर लाख सत्ताइस हजार चार सय त्रियासी रुपैयाँ) आय आर्जन गरेको देखिन्छ । निज ऋषिराम अर्यालले सार्वजनिक सेवामा प्रवेश गरे देखि मिति २०७६ आषाढ मसान्तसम्मको जाँच अवधिमा आर्जन गरेको वैध आय ८,७७,२७,४८३ रुपैयाँ को तुलनामा सोही अवधिमा निजले विभिन्न शीर्षकहरुमा लगानी तथा खर्च गरेको २६,६०,६९,०६२।–रुपैयाँ को विश्लेषणबाट १७,८३,४१,५७९, (सत्र करोड त्रियासी लाख एकचालीस हजार पाँच सय उनासी रुपैयाँ) को आय भन्दा बढी खर्च गरेको रकमहरुको स्रोत खुल्न आएको देखिदैन ।