NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सर्वोच्चलाई ओलीको जवाफ – पार्टीभित्रबाट योजनाबद्ध र षडयन्त्रपूर्वक अवरोध भएपछि संसद् विघटन गर्न बाध्य भएँ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् । सर्वोच्च अदातललाई लिखित जवाफ बुझाउँदै ओलीले पार्टीभित्रबाट योजनाबद्ध र षड्यन्त्रपूर्वक असहयोग, अवरोध र हस्तक्षेप भएपछि बाध्यतामा परेर विघटन प्रतिनिधि सभा विघटन गरेको दावी गरेका छन् । ‘म प्रधानमन्त्री हुनासाथै पार्टीका केही नेताबाट सरकार, संसद्, संसदीय दल र पार्टी सञ्चालनमा योजनाबद्ध र षड्यन्त्रपूर्ण रुपमा असहयोग, अवरोध र हस्तक्षेप हुन थाल्यो,’ प्रधानमन्त्री ओलीले सर्वोच्चलाई पठाएको जवाफमा उल्लेख छ, ‘मन्त्रिमण्डल गठन र पुनर्गठन प्रधानमन्त्रीको विषेशाधिकार मानिने संसदीय प्रणालीको मान्यता विपरित मन्त्रिमण्डलमा आ–आफ्ना समूह स्वार्थका व्यक्तिहरू समावेश गराउन निरन्तर दवाब दिइयो ।’